“सुर-साधना”मा गुन्जियाे दीपेन्द्रकाे आवाज

सांस्कृतिक संस्थानले मासिक रुपमा हरेक महिनाको अन्तिम बिहिबार आयोजना गर्दै आएको सुर – साधना कार्यक्रम अन्तर्गतको एघारौं शृङ्खलामा गायक तथा वाद्यवादक दिपेन्द्र बज्राचार्यलाई प्रस्तुत गरेको छ।

गत बिहिवार दर्शककाे उपस्थितिले खचाखच भरिएकाे सांस्कृतिक संस्थानकाे मिनी प्रेक्षालयमा गायक बज्राचार्यले शास्त्रीय गीत सहित बुद्ध तिमीले …, मिठो बोली …, पसिनाको जिन्दगी …, ‍‍माया गर्नु पनि …, खोलावारि खोलापारि …, धनको धोको लगायत नेवारी गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले बज्राचार्यको स्वरको प्रशंसा गर्दै आफ्नो संगीतमा दीपेन्द्रले गाएको गीत वारी खाेला पारी खाेलाको चर्चा गरे । गायक दीपेन्द्रमा सबै प्रकारका गीत मिठाससँग गाउने क्षमता भएको कुरा प्रमुख अतिथि श्रेष्ठले बताए।

संस्थानका महाप्रबन्धक राजेश थापाले यस क्षेत्रमा केहि गर्न उत्सुक प्रतिभावान कलाकारहरूले मञ्च कै कारण पिछडिन नपराेस् भनेर सुर – साधना कार्यक्रमकाे आयोजना गर्दै आएको कुरा राख्दै कलाकार दीपेन्द्र बज्राचार्यको वाद्यवादन जस्तै गाउने कलाको पनि चर्चा गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *