उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
NayaNaya Khabar
- 255 दिन अगाडि

मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकमा मंगलबार बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्य सुरु भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम मिक्लाजुङका ९ वटै वडामा सञ्चालन गरीने बताइएको छ । कार्यक्रममा फिजीसियन डाक्टर सहितको स्वास्थ्य परिक्षण संगै उपाचार र सम्भव भए सम्मलाई निशुल्क औषधी पनी वितरण गरिने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले बतानु भयो ।
जेष्ठ नागरीकहरु समाजको जिउदो इतिहास भएकाले जेष्ठ नागरीकहरुको स्वास्थ्यमा ध्यान दिनु स्थानीय सरकाको उत्तर दायित्व भएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
मंगलबारको स्वास्थ्य कार्यक्रममा डा. रोजी बखादे, प्रबिन भट्टराई रन्जन बर्न्हबाल सहति मधुमल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको टिमले सहजीकरण गर्नु भएको थियो । मंगलबारको स्वास्थ्य कार्यक्रममा १ सय ५३ जना जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण गरीएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले बताउनु भयो ।
उपाध्यक्ष संग स्वास्थ्य कार्यक्रमले जेष्ठ नागरीकहरुलाई धेरै फाइदा पुगेको स्थानीय जेष्ठ नागरीक मेघनाथ घिमीरेले बताउनु भयो ।
-
-
-
-
-
वडा नं. ३ सेमीफानलमा
-
Laboriosam facilis cumque fugiat saepe
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
At tates next 2
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न