प्लम्बिङ तालिम शुरु
-
NayaNaya Khabar
- 1209 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा व्यवसायिक तथा शिप विकाश तालिम केन्द्र भद्रपुर झापाको संयोजनमा तिन महिना अवधीको प्लम्बिङ तालिम उद्घाटन गरीएको छ । बुधबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच पल्मबीङ तालिमको उद्घाटन गरीएको हो । सो तालिममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका १५ जना युवाहरुको सहभागीता रहेको छ ।
प्लम्बिङ तालिम र यो तालिम सञ्चालन गर्नुको उदेश्य साथै यस प्रकारका तालिमको आवस्यकताको बारेमा व्यवसायिक तथा शिप विकाश तालिम केन्द्र भद्रपुर झापाका अधिकृत बिनोद न्यौपानेले प्रष्ट पार्नु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्र्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले शिपले मनिसलाई स्वरोजगार बनाउने भएकाले लगनशिल भएर तालिम सिक्न सहभागीहरुलाइ सुझाब दिनु भयो । दक्ष जनशक्तिको अभावमा व्यसायीक निर्माण समेत बहिरबाट कामदार भित्रयाउनु पर्ने अवस्था रहेकाले अब यो तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले व्यसायिक शिप विकास र दक्ष जन शक्ति उत्पादन गर्दै अघी बढन यस प्रकारका व्यसायीक तालिमहरु उपयोगी हुने बताउनु भयो । साथै सहभागीहरलाई शिप विकशमा गम्भीर भएर लागी पर्न शिप आर्जन गरी स्वरोजगार बन्न यो तिन महिना अवधीको प्लम्बिङ तालीम सफल हुने अध्यक्ष राईले बतउनु भयो ।
मिक्लाजुङ गाउँपालिका रोजागर संयोजक क्षितीज जेम्जोङ, रोजगार साहायक देउमान तामाङ लगायतकाे उपस्थिती रहेको थियो ।
-
-
-
-
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
अर्काकी स्वास्नी ।
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
Dito कम्पनी को लिच्चिजुस भित्र भेटियाे मरेकाे माकुरा
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी


