प्लम्बिङ तालिम शुरु
-
NayaNaya Khabar
- 240 दिन अगाडि

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा व्यवसायिक तथा शिप विकाश तालिम केन्द्र भद्रपुर झापाको संयोजनमा तिन महिना अवधीको प्लम्बिङ तालिम उद्घाटन गरीएको छ । बुधबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच पल्मबीङ तालिमको उद्घाटन गरीएको हो । सो तालिममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका १५ जना युवाहरुको सहभागीता रहेको छ ।
प्लम्बिङ तालिम र यो तालिम सञ्चालन गर्नुको उदेश्य साथै यस प्रकारका तालिमको आवस्यकताको बारेमा व्यवसायिक तथा शिप विकाश तालिम केन्द्र भद्रपुर झापाका अधिकृत बिनोद न्यौपानेले प्रष्ट पार्नु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्र्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले शिपले मनिसलाई स्वरोजगार बनाउने भएकाले लगनशिल भएर तालिम सिक्न सहभागीहरुलाइ सुझाब दिनु भयो । दक्ष जनशक्तिको अभावमा व्यसायीक निर्माण समेत बहिरबाट कामदार भित्रयाउनु पर्ने अवस्था रहेकाले अब यो तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले व्यसायिक शिप विकास र दक्ष जन शक्ति उत्पादन गर्दै अघी बढन यस प्रकारका व्यसायीक तालिमहरु उपयोगी हुने बताउनु भयो । साथै सहभागीहरलाई शिप विकशमा गम्भीर भएर लागी पर्न शिप आर्जन गरी स्वरोजगार बन्न यो तिन महिना अवधीको प्लम्बिङ तालीम सफल हुने अध्यक्ष राईले बतउनु भयो ।
मिक्लाजुङ गाउँपालिका रोजागर संयोजक क्षितीज जेम्जोङ, रोजगार साहायक देउमान तामाङ लगायतकाे उपस्थिती रहेको थियो ।
-
-
-
-
-
करदाता शिक्षा तालिम सम्पन्न
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
Laboriosam facilis cumque fugiat saepe
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग