मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा ठूलो विनियोजन
-
NayaNaya Khabar
- 426 दिन अगाडि
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ७९ करोड ९२ लाख ४९ हजार ८ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले सोमबार गाउँसभामा बजेट तथा कार्यक्रम पेश गर्दै विभिन्न क्षेत्रगत योजनाहरूमा रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
आर्थिक विकासतर्फ कृषि, पशुपंक्षी, पर्यटन र सहकारी क्षेत्रका लागि १ करोड ४६ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खेलकुद, भाषा-साहित्य, खानेपानी र सामाजिक सुरक्षालगायतमा ४ करोड ८० लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सबैभन्दा बढी रकम भौतिक पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। यसतर्फ २० करोड १६ लाख ७ हजार ६सय५५ रुपैयाँ विनियोजन गरिएको छ, जसमा अघिल्लो वर्षका योजना निरन्तरताका लागि मात्र १४ करोड २० लाख रुपैयाँ छुट्याइएको हो।
वन तथा वातावरण व्यवस्थापनमा ५० लाख ५० हजार, सुशासन तथा प्रशासनिक सुधारमा ११ करोड ९१ लाख ५० हजार रुपैयाँ खर्च हुने उल्लेख गरिएको छ।
उपाध्यक्ष पौडेलका अनुसार बजेट निर्माणमा समावेशी दृष्टिकोण अपनाइएको छ र वडागत योजनाका लागि मात्र ५ करोड ३९ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटसँगै आगामी वर्ष मिक्लाजुङ गाउँपालिकाको समानुपातिक, समावेशी र दिगो विकासलाई प्राथमिकता दिइएको जनाइएको छ।
-
-
-
-
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...