दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
NayaNaya Khabar
- 1500 दिन अगाडि
लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
चोरी मुद्दामा दुई वर्ष अगाडि फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँ बजारबाट पक्राउ गरेको हो । लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार–९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ । 

-
-
-
-
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटि...
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
करदाता शिक्षा तालिम सम्पन्न
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक