करदाता शिक्षा तालिम सम्पन्न
-
NayaNaya Khabar
- 970 दिन अगाडि
मंशिर, ७ मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा मिक्लाजुङ व्यापार प्रवन्ध समितिको आयोजना र आन्तरीक राजस्व कार्यालय बिराटनगर, करदाता सेवा केन्द्र पथरी मोरङको प्रावीधीक सहयोगमा मंगलबार मिक्लाजुङमा एक दिने करदाता शिक्षा तालीम सम्पन्न भएको छ ।
आन्तरीक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिबी क्षेत्रीको प्रमुख आतिथ्यमा भएको एक दीवसीय तालीमको सहजीकरण आन्तरीक राजस्व कार्यलय बिराटनगरका सुचना अधिकृत हरी सेडाईले गर्नु भएको थियो । तालीममा व्यवसायीहरुले कर सम्बन्धी नबुझेका कुराहरु र देखीएका समस्याहरुको बारेमा प्रष्ट संग आफ्ना प्रस्नहरु राखेका थिए । मिक्लाजुुङ व्यापार प्रवन्ध समितिको आयोजनामा सञ्चालन भएको तालिमले धेरै कुराहरुको जानकारी प्राप्त गर्नुका साथै तालीम उपयोगि भएको स्थानीय व्यवसायीहरुले बताउनु भयो ।

तालीममा करदाता सेवा कार्यलय पथरी केन्द्रका प्रमुख आशीस राई, मिक्लाजुङ गाउँपालिका वडा नंं. ३ का वडाध्यक्ष सन्तोष मगरको उपस्थिती रहेको थियो । मिक्लाजुङ व्यापार प्रवन्ध समितिका अध्यक्ष सेमन्तराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यापार संघका महाँसचिब अमृत कुमार श्रेष्ठले गर्नुभएको थियो । तालीममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका व्यपारीहरुको उल्लेख्यमात्रामा उपस्थिती रहेको थियो ।
-
-
-
-
-
प्रिय मान्छे
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
कृषक लाई बिउ बिजन बितरण
-
तारामान सिरेङको पुनर्जीवित संकल्पः उवासघ अध्यक्षका उम्म...
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
शिक्षकहरु द्धार पालिकमा धर्ना