सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा रहनु र उनलाई परिवर्तन गर्न प्रयास नगरेकै राम्रो। किनकि काममा उनको दिन कहिल्यै समाप्त हुँदैन।
-
NayaNaya Khabar
- 1333 दिन अगाडि
पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। मानिसलाई सचेत र सजग बनाउने पत्रकार शब्द नै काफी छ। राजनीतिज्ञ, कूटनैतिज्ञ, कर्मचारी र व्यापारीहरू सधैं पत्रकारको घेराभित्र हुन्छन्। पत्रकारहरूले खबरदारी गरिरहँदा उनीहरू माैन हुन्छन्।
पत्रकार भन्ने बितिकै सबैकाे दिमागमा उब्जिने पहिलो प्रश्न हाे– स्वच्छ छवि, एक जिज्ञासु, दृढ र साहसी व्यक्ति। पत्रकारहरू यस्ता हुन्छन् जाे तथ्यहरू नभेटेसम्म सुत्दैनन्। खैर, त्यो छवि प्रायः सही छ, हामी जिज्ञासु प्राणीहरू हौं, जो कथाको हरेक पक्ष थाहा नभएसम्म आराम गर्न सक्दैनौं। र, ठ्याक्कै यही कारणले गर्दा तपाईंले पत्रकारलाई डेट गर्नुअघि गम्भीर भएर पटकपटक सोच्नुपर्छ।
प्राय: पत्रकार जिज्ञासु हुन्छन्। धेरै कुराको ख्याल राख्छन्। समाजलाई मसिनाे गरी नियाल्छन्। इमान्दारपूर्वक भन्दा उनीहरूकाे आँखा सधैं सतर्क हुनु स्वभाविक हाे।
कतिपय कारणले पत्रकारहरू राम्रो साथी बन्न सक्छन्। तर, सोच्नुपर्ने कारण धेरै छन्, किनकी तिनीहरू तपाईंको निरपेक्ष दुःख पनि हुन् सक्छन्। उनीहरूसँग साथी बन्नुअघि धेरै सोच, विचार र सचेतना अपनाउनुपर्ने अध्ययनले देखाएको छ। धेरै कारणहरूमध्ये केही कारण तल प्रस्तुत छ
सामाजिक प्राणी: पत्रकारहरूले कथाकाे गन्ध पाएसँगै जाे–काेहीसँग पनि नजिक भइदिन्छन्। त्यसैले डेट–नाइट कहिल्यै बोरिङ सिट (डाउन डिनर) हुन सक्दैन। पत्रकारसँग पार्टनर हुनुअघि अप्रत्याशित मार्गहरू र जुनसुकै साहसिक कार्यहरूको लागि तयार हुनपर्छ।
कहिल्यै जित्न सकिँदैन: पत्रकारहरू जहाँ हुँदापनि धेरै कुराहरू जान्ने प्रयत्न गरिरहन्छन्। तिमीले ऊ भन्दा बढी कहिल्यै थाहा पाउँदैनाैँ। र, यदि तपाईं आफ्नो तथ्य जाँच नगरी उनीहरूसँग वहस गर्न थाल्नुभयाे भने जित्न सक्नुहुन्न।
हार मान्दैनन्: कतै झुटकाे गन्ध आइरहेको छ भने उसले फोन कलकाे डेटेल (विवरण) र समाजिक सञ्जाल जाँच गर्न सक्छ। कुराकानी सुन्न र तपाईंको ल्यापटप पनि कब्जामा लिन सक्छ। जब यो सत्य पत्ता लाग्छ उसले कुनै हालतमा छोड्दैन।
तपाईंकाे समाचार बन्न सक्छ: अघिल्लो बिहानको झगडा वा तपाईंको कष्टपूर्ण बानीले सजिलै उनीहरूकाे कथाहरूमा आफ्नो बाटो फेला पार्न सक्छ। त्यसैले होसियार हुनुपर्छ। थाहै हुँदैन कहिले कुन दिन तपाईंको कथा पत्रिका वा अनलाइनमा आउने हाे।
व्याकरण सुधार गर्न कहिल्यै छोड्ने छैन: तपाईंले उसलाई द्रूत पाठ टाइप गर्दा शब्दहरूबाट टाढा रहनुहोस्। तपाईंंको खराब व्याकरण त्रृटी तुरून्त पत्ता लगाउँछ।
प्रमाण जुटाउनमा माहिर: यदि तपाईंंकाे केही तलमाथि गर्ने बानी छ भने, होसियार। पत्रकारले अनुमान मात्र गर्दैनन् प्रमाण 'बटुल्छ' र त्यसपछि तपाईं सामना गर्नपर्नेछ। केही गल्ति या अपराधलाई ऊ बाट लुकाउन गाह्राे हुनेछ।
झुट पहिचान गर्न माहिर: पत्रकारले तथ्यहरू पत्ता लगाउने काम दिनको आठ घण्टा या कहिलेकाहीँ बढी पनि काम गर्छ। तपाईंलाई कहाँ गएको र के गर्दै थियो भनेर सोध्दा इमान्दार नभए पक्राउ खानुपर्छ।
उनीहरू वास्तविकता सम्झिन्छन्: पत्रकारलाई पछिल्लो मिति वा घटना सबै कुरा सम्झना हुन्छ। किनकि उसलाई त्यसैको लागि तलब भुक्तान गरिएको हुन्छ। उनको वैकल्पिक क्यारियर एक जासुस पनि हो। उसँग झगडा गर्नुअघि १० पटक सोच्नपर्दछ।
जाेखिम माेल्ने आँट हुन्छ: उनीहरू साहसिक कार्यलाई माया गर्छन् र लामो समयसम्म कथाको पर्दाफास नगरी विश्राम लिँदैनन्। पत्रकारको पेसा जोखिपूर्ण हुन्छ, कहिले के हुन्छ भन्ने कुरामा सदैव सजग रहनुपर्छ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ