मिक्लाजुङ प्याब्सनद्वारा बाढीपीडितका लागि २ लाख २९ हजार रुपैयाँ राहत कोषामा जम्मा
-
NayaNaya Khabar
- 0 दिन अगाडि
मधुमल्ला / रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मिक्लाजुङ समितिले २ लाख २९ हजार ३३ रुपैयाँ राहत रकम संकलन गरेको छ।
प्याब्सन मिक्लाजुङ समितिका अध्यक्ष तुलसी नारायण भण्डारीद्वारा मिक्लाजुङ मिडिया एण्ड एड्भर्टाइजिङ प्रा.लि.लाई पठाइएको विवरणअनुसार राहत रकममध्ये पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ र दोस्रो चरणमा प्याब्सन केन्द्रीय समिति (PABSON Relief Fund)मार्फत १ लाख ७९ हजार ३३ रुपैयाँ सहयोग गरिएको हो।
समितिका अनुसार मिक्लाजुङ प्याब्सन अन्तर्गतका विभिन्न १० विद्यालयबाट उक्त रकम संकलन गरिएको हो। विद्यालयहरूले पहिलो चरणमा समान रूपमा ५ हजार रुपैयाँका दरले सहयोग गरेका थिए भने दोस्रो चरणमा थप रकम संकलन गरिएको विवरणमा उल्लेख छ।
राहत सहयोग गर्ने विद्यालयमा रिलायन्स इङ्लिस स्कुल, ज्ञान मेमोरियल इङ्लिस स्कुल, मदर मधुमल्ला इङ्लिस स्कुल, निर्मल सिद्धार्थ इङ्लिस स्कुल, सरस्वती इङ्लिस स्कुल, क्लासिकल इङ्लिस स्कुल, तोरीबारी विद्या मन्दिर, ग्रीनल्याण्ड इङ्लिस स्कुल, नोभेल्टी इङ्लिस स्कुल र भिजन इङ्लिस स्कुल रहेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले समेत उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगको आह्वान गरेको थियो।
प्याब्सन मिक्लाजुङले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले गरेको यो मानवीय कार्य प्रशंसनीय रहेको छ।
-
-
-
-
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...