मोरङको मधुमल्लामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • this is image NayaNaya Khabar
  • 0 दिन अगाडि

theme

मधुमल्ला/ जिल्ला मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ तोरीबारी जंगलस्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक दीपेन लिम्बुको मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय (इप्रका) मधुमल्लाका अनुसार मिति २०८३ साल कात्तिक १० गते राति ११:४५ बजेको समयमा मधुमल्लाबाट तोरीबारी तर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घना भएको अवुथामा इप्रका मधुमल्ला बाट प्रहरी नायब निरीक्षक चन्द्र कुबेर अधिकारीको कमान्डमा गएको टोलीले फेला पारेको  थियो।दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ ८ बस्ने करिब ३१/३२ वर्षीय दिपेन लिम्बुको टाउकोमा चोट लागेको  अवस्थामा फेला पारी  उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पठाइएको थियो। अस्पताल लादै गर्दा उनको बाटोमा मृत्यु भइको बताइएको छ । दुर्घटनास्थलमा इप्रका मधुमल्लाबाट प्रहरी नायब निरीक्षक चन्द्र कुबेर अधिकारीको कमान्डमा तीनजनाको टोली खटिएको थियो। उक्त स्थान इप्रका मधुमल्लाबाट करिब ३ किलोमिटर उत्तरमा पर्दछ। दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिई इप्रका मधुमल्लातर्फ ल्याइएको बताएको छ।

छुटाउनुभयो कि ?