सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
NayaNaya Khabar
- 1288 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको छ । मूल ढोकाको ताला फुटाएर सहकारीको रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । घटना शुक्रबार रातिको हो । तर, प्रहरीले भने शनिबार दिउँसो साढे १ बजेतिर मात्रै जानकारी पाएको थियो । घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको खुलेको छ । सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘सेभ’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोडफोड गर्दै पैसा निकालेको अवस्थामा कार्यालयबाट करिब ५० मिटर पश्चिममा ‘सेभ’ फेला परेको थियो ।
‘रातको समयमा मूल ढोकाको ताला फोडेर सहकारीभित्र छिरेको देखिन्छ । कार्यालयका कुर्सीहरु टेबुलमाथि राखिएको अवस्थामा भेटिए,’ उनले भने, ‘कार्यालयबाट बाहिर निकालेर तोडफोड गर्दै पैसा निकालेको अवस्थामा ५० मिटरजति पश्चिममा ‘सेभ’ फेला परेको छ । थप अनुसन्धान गर्ने काम भइरहेको छ ।’ सहकारीमा चोरी भएको कुरा सुरुमा प्रबन्धक खनालले प्रहरीलाई जानकारी गराएका हुन् ।
खनालले सहकारीको ३४ लाख चोरी भएको जानकारी गराएको प्रहरीले जनाएको छ । तर, चोरी भएको रकम यकिन हुन बाँकी रहेको डीएसपी श्रेष्ठ बताउँछन् । पैसा कसरी राखिएको थियो, सहकारी कसको जिम्मामा थियो र घटना कसरी भयोभन्ने बारेमा विस्तृतमा अनुसन्धान भइरहेको उनले बताए ।
अनुसन्धान सकिएपछि मात्रै यस विषयमा थप प्रष्ट हुने डीएसपी श्रेष्ठको भनाइ छ । उक्त सहकारी स्थानीय महिलाहरु मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।
-
-
-
-
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
उर्लाबारीमा प्रहरीमाथी कुटपिट र सार्वजनिक सम्पति तोडफोड...
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
वडा नं. ७ बिजयी
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...