मधुमल्लाबाट अन्तरिक्ष खोजको नयाँ यात्रा, दुईदिने प्रशिक्षण सम्पन्न
-
NayaNaya Khabar
- 0 दिन अगाडि
मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका पडा नं . ७, मधुमल्लास्थित रिलायन्स इङ्लिस सेकेन्डरी स्कुल तथा Reliance Astronomy Club को आयोजनामा सञ्चालित All-Nepal Asteroid Search Campaign 2026 अन्तर्गतको दुईदिने महत्वपूर्ण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उर्लाबारी, दमक र मिक्लाजुङ गरि ८ विद्यालयका ५० विद्यार्थीको सहभागीता रहेको थियो । विद्यार्थीहरूले कार्यक्रम निक्कै महत्त्वपूर्ण र खोजमुलक भएको बताएका छन ।
प्रशिक्षण कार्यक्रमको समापन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो। कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राईले रिलायन्स विद्यालयले मिक्लाजुङमा उर्लाबारी, दमक र मिक्लाजुङलाई समेटेर यस अभियानमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने वैज्ञानिक अनुसन्धान प्रक्रियासँग जोड्ने कार्य गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । साथै आगामि दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिदै अघि बढ्न सुझाब दिनु भयो ।
प्रशिक्षणका क्रममा सहभागी विद्यार्थीहरूले क्षुद्रग्रह पहिचान तथा खोजी, खगोलीय तथ्यांकको विश्लेषण, अवलोकन प्रविधि तथा वैज्ञानिक अनुसन्धानका व्यवहारिक विधिबारे प्रशिक्षण लिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच, जिज्ञासा, अनुसन्धानप्रतिको रुचि तथा अन्तरिक्ष विज्ञानसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको बिद्यालयका निर्देशक शुवास राईले बताउनु भयो ।
यस अभियानमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने वैज्ञानिक अनुसन्धान प्रक्रियासँग जोड्दै अन्तरिक्ष विज्ञान तथा खगोलीय अनुसन्धानको क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्ने अवसर प्रदान प्राप्त हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष तथा IAU OAE Node Nepal Manager सुरेश भट्टराई बताउनु भयो ।
दुईदिने प्रशिक्षण सम्पन्न भएसँगै सहभागी विद्यार्थीहरूको वास्तविक क्षुद्रग्रह खोज तथा अन्तरिक्ष अनुसन्धान यात्रा सुरु भएको छ। अभियानका क्रममा विद्यार्थीहरूले प्राप्त ज्ञान र प्रविधिको प्रयोग गर्दै खगोलीय तथ्यांक अध्ययन तथा सम्भावित क्षुद्रग्रह पहिचानका लागि अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्नेछन्।
मधुमल्लाबाट सुरु भएको यो अभियानले स्थानीय विद्यार्थीलाई अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानको यात्रासँग जोड्नुका साथै विद्यालयस्तरमै अन्तरिक्ष विज्ञानप्रतिको रुचि र अनुसन्धान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको विद्यालयले गरेको छ र
कार्यक्रम सफल बनाउन सहयोग, सहकार्य तथा मार्गदर्शन गर्ने प्रशिक्षक, शिक्षक–शिक्षिका, अभिभावक, सम्बन्धित संस्था तथा सहभागी विद्यार्थीप्रति आयोजकले आभार व्यक्त गरेको छ।
-
-
-
-
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
जि–११ द्धार जर्सी वितरण
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...