वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
NayaNaya Khabar
- 1217 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालन भईरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शुक्राबारको खेलमा वडा नं. ४ लाई ३–१ को अन्तरले हराउँदै वडा नं. ६ तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबारको खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकियो । मध्यान्तर पछिको खेलको शुरवाती चरणमा वडा नं. ४ का जर्सी नं.७ का प्रमोद दर्जीले पहिलो गोल गर्दै खेललाई १–० ले अग्रता दिलाए । खेलकै क्रममा वडा नं. ६ ले पेनाल्टीको अवसरको भरपुर सदुपयोग गर्दै वडा नं. ६ का जर्सी नं. १७ का क्याप्टेन बिनोद तामाङले गोल गर्दै खेलाई बराबारीमा पु¥याए । वडा नं. ६ ले गोल गरे संगै खेल निक्कै आक्रामक बन्यो । आक्रमक रुपमा चलेको खेलमा वडा नं. ६ क्याप्टेन जर्सी नं. १७ का बिनोद तामाङले पुन अर्को गोल गर्दै खेललाई २–१ ले अग्रता दिलाए । वडा नं. ४ ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । मध्यान्तर पछी इनज्युरी समयमा वडा नं. ६ का जर्सी नं. ७ का समसेर मगरले पुन एक गोल गर्दै वडा नं. ६ लाई ३–१ ले अग्रता दिलाए । यस बिचमा वडा नंं ४ ले केही राम्रा अवसहरु पाए पनी बलले जाली चुम्न सकेन ।
शुक्रबारको खेलमा म्यान अफ द म्याच वडा नं. ६ का टिम क्याप्टेन बिनोद तामाङ घोषीत भए । भोलीको खेलमा मिक्लाजुङ गाउँपालिका वडा नंं. ७ र वडा नं. २ बिच मध्यान्ह् ३ बजे बाट मनोहर जनाता मा.वि. को खेल मैदानमा हुने खेल व्यवस्थापन समितिका अध्यक्ष अजुन राइले बताउनु भयो ।
शुक्रबारको खेल हेर्न मिक्लाजुङ गाउँपालिका अध्यक्ष बकिुमार राई वडाध्यक्षहरु शुशिलराज चौहान, खडी बहादुर मगार बिशाल राईको खेल मैदानमा उपस्थिती रहेको थियो । शुक्रबारको खेल हेर्न मनोहर जनाता माविको खेल मैदानमा हजारौंको संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न