एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठालाई शिरमा राखेर अघि बढेको छु’
-
NayaNaya Khabar
- 968 दिन अगाडि
उर्लाबारी, २३ असोज
नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले इमान र निष्ठालाई जहिल्यै शिरमा राखेर अघि बढ्ने बताउनुभएको छ । आफ्नो साढे चार दशकको राजनीतिक जीवनमा गलत कार्य नगरेको बताउँदै उहाँले बाँकी राजनीतिक जीवन निष्ठाका साथ अघि बढाउने जनाउनुभयो ।
आज नेकपा एमाले मोरङ १ (१) प्रदेश निर्वाचन क्षेत्रीय समितिले उर्लाबारीमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले भन्नुभयो, ‘म पार्टीभित्र व्यापार गर्न, पैसा कमाउन आएको होइन, सेवा गर्न आएको हुँ ।’ प्रजातान्त्रिक प्रक्रियाबाट आफू प्रदेश अध्यक्षमा निर्वाचित भएको बताउँदै उहाँले कसैलाई पक्षपात नगरी अघि बढ्ने बताउनुभयो । पार्टीको नीति र नेतृत्वलाई सम्मान गर्दै अघि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, मोरङ क्षेत्र नं. १ का संयोजक पुष्प ढकाल, उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, मिक्लाजुङ गाउँ कमिटी सचिव नवीन कार्कीलगायतले मन्तव्य राखेका थिए । प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका संयोजक अग्निप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष खतिवडासहित सदस्य ज्योति चौहान, योगेश बस्नेतलाई बधाई ज्ञापन गरिएको थियो ।
-
-
-
-
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
मिक्लाजुङमा साहित्यक जमघट
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
वडा नं. ७ बिजयी
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...