एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
NayaNaya Khabar
- 1067 दिन अगाडि
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो ।
खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ ।
खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।
साभार ओवीमिडीया
-
-
-
-
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
विवादै विवादले घेरिएका चार्ल्स
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले