मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं संस्करण सुरु
-
NayaNaya Khabar
- 137 दिन अगाडि
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं संस्करण सुरु
मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं संस्करण बुधबारदेखि भव्य रूपमा सुरु भएको छ।
यो तीनदिने प्रतियोगिताको बुधबार औपचारिक शुभारम्भ गरिएको हो। शुभारम्भ समारोहमा मिक्लाजुङ गाउँपालिका क्षेत्रका विभिन्न १३ वटा विद्यालयका ३,५०० भन्दा बढी विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। साथै, विभिन्न विद्यालयका विद्यार्थीहरूले ड्रिल, काता र नृत्य प्रदर्शनी पनि गरेका थिए।
सोही अवसरमा गाउँपालिकाको स्थानीय गीत सार्वजनिक गरीको थियो । गीत सार्वजनीकले कार्यक्रमको थप शोभा बढाइएको थियो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आधिकारिक निर्देशिकाअनुसार ट्याक एन्ड फिल्ड (दौड, जम्प, थ्रो आदि), भलिबल तथा मार्सल आर्ट (काता लगायत) जस्ता विभिन्न विधाहरू समावेश गरिएका छन्। यस प्रतियोगितामा करिब ३०० जना प्रतिस्पर्धी विद्यार्थीहरूले भाग लिने छन्।
कार्यक्रमस्थलमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले चमेना गृहसहित ८ वटा प्रदर्शनी स्टल पनि राखेका छन् जसले थप आकर्षण बढेको छ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले यो प्रतियोगिताले विद्यार्थीहरूमा संस्कारयुक्त सीप र सीपयुक्त शिक्षा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुग्ने बताउनु भयो।
कार्यक्रमको प्रमुख आतिथ्यता गाउँपालिकाका पूर्वअध्यक्ष देवीप्रसाद आचार्यले गर्नुभएको थियो।
प्रतियोगिता आगामी १६ गते अन्तर-माध्यमिक विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितासहित समापन हुने शिक्षा शाखा प्रमुख काशीनाथ खनालले जानकारी दिनुभयो।
यो प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र विद्यार्थीहरूमा अनुशासन तथा टीम स्पिरिटको भावना जागृत गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
-
-
-
-
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
करदाता शिक्षा तालिम सम्पन्न
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु