मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छुटसम्बन्धी द्विपक्षीय सम्झौता
-
NayaNaya Khabar
- 263 दिन अगाडि
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छुटसम्बन्धी द्विपक्षीय सम्झौता
मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेज ( KMC ) बीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार आज मिति २०८२ माघ १५ गतेदेखि एक वर्षको अवधिका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकहरूले स्वास्थ्य बीमा गरी उक्त अस्पतालहरूमा उपचार गराउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गतका सम्पूर्ण सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य सबै सेवा—पूर्ण रूपमा उपभोग गरिसकेपछि थप उपचारका क्रममा विशेष छुट पाउनेछन्।
सम्झौता अनुसार नोबेल मेडिकल शिक्षण अस्पतालमा अप्रेशनसहितका सेवामा २५ प्रतिशत छुट तथा काठमाण्डौ मेडिकल कलेजमा ५० प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ। यो सुविधा स्वास्थ्य बीमामा आवद्ध नभएका नागरिकहरूलाई पनि, साथै बीमा गरे पनि बीमा क्रियाशील हुनुअघि उपचार गराउनुपर्ने बिरामीहरूलाई समेत लागू हुने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष बबी राईले जानकारी दिनुभयाे
-
-
-
-
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
प्लम्बिङ तालिम शुरु
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटि...
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण