कर्फ्युपछि नेपालगञ्ज शान्त
-
NayaNaya Khabar
- 1066 दिन अगाडि
१७ असोज, काठमाडौं । कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । नाकामा रोकिएकाहरुलाई प्रहरीले गाडीको व्यवस्था गरेर नेपालगञ्ज क्षेत्र कटाइदिने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिए ।
प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरु मोर्निङ वाकमा निस्किएको देखिएको थियो । त्यस्ता व्यक्तिहरुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रवक्ता डाँगीले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।
कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ । गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगी भन्छन्, ‘कर्फ्यु उल्लंघन नगर्न भनेर हामीले माइकिङ पनि गरिरहेका छौं । तर केही व्यक्ति मोर्निङवाकमा निस्किएको पनि देखियो । बन्द र कर्फ्यु छुट्याउन नसकेको जस्तो बुझियो ।’ उनले कर्फ्युको बेला घरभित्र नबसेर बाहिर निस्किनेहरुलाई कानुनी व्यवस्थाको समेत जानकारी गराएर घरमै पठाउने गरिएको बताए ।
साभार Online Khabar
-
-
-
-
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
तारामान सिरेङको पुनर्जीवित संकल्पः उवासघ अध्यक्षका उम्म...
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
१० सेकेन्डले बाँचेका हवल्दार भन्छन्– साथीहरू आँखैअघि बग...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...