ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्
-
NayaNaya Khabar
- 47 दिन अगाडि
५ भदौ, काठमाडौं । उसो त बालेन शाह नेतृत्वमा सरकार बन्दा नै देशमा खाना पकाउने एलपीजी ग्यासको अभाव थियो । त्यसको कारण पनि थियो ।
पश्चिम एसिया संकटका कारण आयातमा आएको संकुचनको बहाना बनाएर पेट्रोलियम पदार्थको आयात र व्यापारमा एकाधिकार पाएको नेपाल आयल निगम र उद्योगीहरुले बजारमा ग्यास आपूर्तिमा गडबडी गरिसकेका थिए ।१३ चैतमा वर्तमान सरकार बनेपछि ग्यास सजिलै पाइएला भन्ने जनताको आशा थियो । दुई तिहाइको सरकारले चुड्कीकै भरमा अभाव अन्त्य गरिदेला भन्ने विश्वास उनीहरुको थियो ।
तर, यो सरकार बनेको साढे पाँच महिनाभर जसो नै ग्यासको आपूर्ति सहज भएन । अहिले त कृष्णभीरको पहिरो देखाएर उपत्यकामा चरम अभाव गराइएको छ ।त्यी ग्यासको ग्रामर मिलाउन नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
देशमा चुलिएको खाना ग्यासको चरम अभावमा शुरुमा सरकार र उद्योगीले उपभोक्तालाई दोष दिए । तिनले भन्दैजाँदा कतिसम्म भन्न भ्याए भने यो ग्यास अभाव अभाव हुनुको मूल कारण पुराना दलका कार्यकर्ता हुन् । ती कार्यकर्ताले चाहिनेभन्दा धेरै ग्यास जानाजान किनेकाले अभाव भयो ।सरी ग्यास अभावको दोष उपभोक्ताले बेहोर्नुपर्ने बिचित्रको अवस्था उत्पन्न भयो । खासमा ग्यासको सिन्डिकेट, कालोबजारी रोक्न नसक्ने मात्रै होइन, विवादित अभिव्यक्तिसमेत दिनपुगेकी मन्त्री यादवले अन्ततः पद नै छोड्नुपर्ने अवस्था आयो ।
काठमाडौँ उपत्यकालगायत देशभर ग्यास पाउन उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर दिनरात लाइनमा बस्न बाध्य भएका छन् भने २ हजार ६० रुपैयाँ तोकिएको ग्यास सिलिन्डरको ३ हजार रुपैयाँसम्म असुली भइरहेको छ ।
तर, सरकारले आपूर्ति प्रणालीलाई ठीक बनाउन मात्रै होइन, उपभोक्तालाई ठगिनबाट बचाउन पनि सकेको छैन
-
-
-
-
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
जि–११ द्धार जर्सी वितरण
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...