ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्

  • this is image NayaNaya Khabar
  • 0 दिन अगाडि

theme

५ भदौ, काठमाडौं । उसो त बालेन शाह नेतृत्वमा सरकार बन्दा नै देशमा खाना पकाउने एलपीजी ग्यासको अभाव थियो । त्यसको कारण पनि थियो ।

पश्चिम एसिया संकटका कारण आयातमा आएको संकुचनको बहाना बनाएर पेट्रोलियम पदार्थको आयात र व्यापारमा एकाधिकार पाएको नेपाल आयल निगम र उद्योगीहरुले बजारमा ग्यास आपूर्तिमा गडबडी गरिसकेका थिए ।१३ चैतमा वर्तमान सरकार बनेपछि ग्यास सजिलै पाइएला भन्ने जनताको आशा थियो । दुई तिहाइको सरकारले चुड्कीकै भरमा अभाव अन्त्य गरिदेला भन्ने विश्वास उनीहरुको थियो ।

तर, यो सरकार बनेको साढे पाँच महिनाभर जसो नै ग्यासको आपूर्ति सहज भएन । अहिले त कृष्णभीरको पहिरो देखाएर उपत्यकामा चरम अभाव गराइएको छ ।त्यी ग्यासको ग्रामर मिलाउन नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

देशमा चुलिएको खाना ग्यासको चरम अभावमा शुरुमा सरकार र उद्योगीले उपभोक्तालाई दोष दिए । तिनले भन्दैजाँदा कतिसम्म भन्न भ्याए भने यो ग्यास अभाव अभाव हुनुको मूल कारण पुराना दलका कार्यकर्ता हुन् । ती कार्यकर्ताले चाहिनेभन्दा धेरै ग्यास जानाजान किनेकाले अभाव भयो ।सरी ग्यास अभावको दोष उपभोक्ताले बेहोर्नुपर्ने बिचित्रको अवस्था उत्पन्न भयो । खासमा ग्यासको सिन्डिकेट, कालोबजारी रोक्न नसक्ने मात्रै होइन, विवादित अभिव्यक्तिसमेत दिनपुगेकी मन्त्री यादवले अन्ततः पद नै छोड्नुपर्ने अवस्था आयो ।

काठमाडौँ उपत्यकालगायत देशभर ग्यास पाउन उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर दिनरात लाइनमा बस्न बाध्य भएका छन् भने २ हजार ६० रुपैयाँ तोकिएको ग्यास सिलिन्डरको ३ हजार रुपैयाँसम्म असुली भइरहेको छ ।

तर, सरकारले आपूर्ति प्रणालीलाई ठीक बनाउन मात्रै होइन, उपभोक्तालाई ठगिनबाट बचाउन पनि सकेको छैन