दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्री लिम्बू
-
NayaNaya Khabar
- 1263 दिन अगाडि
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए।
आम नागरिकले देख्ने गरी आफूले मन्त्रालयमा काम गर्ने उनको भनाइ छ। हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि पनि उनले आग्रह गरे। मन्त्रालयमा रहेर आफूले दिनको १८ घन्टा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
‘केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घन्टा समय दिएर काम गर्नेछु,’ उनले भने।
-
-
-
-
-
ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइ...
-
जि–११ द्धार जर्सी वितरण
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
उर्लाबारीमा प्रहरीमाथी कुटपिट र सार्वजनिक सम्पति तोडफोड...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
उमेश राईको पहलमा शहीद घनश्याम भट्टराईको घर पुनर्निर्माण...
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग