महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
NayaNaya Khabar
- 454 दिन अगाडि

मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालीका वडानं. ४ को आर्थीक सहयोग तथा नव नेपाल कल्याण समाज बिराटनगर मोरङको आयोजनामा ५ दिने सेनिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । तालिममा मिक्लाजुङ गाउँपालीका वडा नं. ४ का २६ जना महिलाहरुको सहभागिता रहेको थियो । पाँच दिन सम्म चलेको तालीम निक्कै प्रभावकारी र उपलब्धी मुलक भएको तालीममा सहभागी सञ्जु तामाङले बताउनु भयो । ५ दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण सहजकर्ता एरिका ढकालले गर्नु भएको थियो ।
तालीम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष विशाल राईले ग्रामिणा क्षेत्रमा रहनु भएका महिला दीदी बहिनिहरुको स्वास्थयमा प्रत्यक्ष फाइदा पुर्याउन सहयोग पुग्ने लक्ष्यका साथ सेनिटरी प्याड बनाउने तालीम सञ्चालन गरीएको र यो तालीमले प्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वस व्यक्त गर्नु भयो ।
-
-
-
-
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रस...