बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
NayaNaya Khabar
- 445 दिन अगाडि

भारतले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ। उक्त क्षेत्र नेपाल भारत सीमाबाट करिब ७० किलोमिटर दक्षिणमा पर्छ। शुक्रवार बिहान उक्त पुल भाँचिँदा १० जना कामदार घाइते भएका थिए। यहाँ पुल बनेपछि बिहारको मधुबनी र सुपौलबीचको दूरी करिब ३० किलोमिटरले घट्ने अपेक्षा गरिएको छ। यहाँ हिउँदमा बाँसको पुल बनाएर मानिसहरू कोशी नदी पार गर्छन्। बर्खामा मानिसहरू डुङ्गाबाट नदी तर्न बाध्य छन्।
प्राविधिक समस्या या लापरबाही
घटनास्थलमा भाँचिएको पुलको संरचनामुनि एउटा निर्माण सामग्री ओसार्ने गाडी भेटिएको छ। गाडी र भत्किएको संरचना मुनि अझै केही मजदुर पुरिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन्। प्रहरीले घटनाबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ।कामको उचित अनुगमन नहुँदा दुर्घटना भएको स्थानीयवासी युतिनारायण यादवको आरोप छ। अर्का स्थानीय अजय कुमारले ठेकेदार कम्पनीलाई कारबाहीको माग गरे। बिहारमा पुल दुर्घटनाको यो पहिलो घटना भने होइन। यसअघि भागलपुरमा गङ्गा नदीमा निर्माण भइरहेको पुलको ठूलो हिस्सा नदीमा डुबेको थियो।
स्रोत बिबिसि नेपाली सेवा
-
-
-
-
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...