साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग

  • this is image NayaNaya Khabar
  • 481 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ की कविता रसाइली र  वडा नं. ७ की तिला लावरले नगद रु ४ लाख ८५ हजार पाएकाछन । सहार नेपाल साकोसको मिक्लाजुङ गाउँपालिका वडा नंं. ९ मोरङ की सदस्य कविता रसाइलीको श्रीमान मानबहादु रसाइली र तिला लावर दमाईको श्रीमान नारायण प्रसाद दमाइको मृत्यु भएको र  साकोसको कर्जा सुरक्षण कार्यक्रम अन्र्तगत सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा लिएको कर्जा सम्पुर्ण मिनाहा हुने नियम छ ।  सोही बापत मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राईले सो रकम हस्तान्तरण गर्नु भएको थियो ।  जसमा कविता रसाइलीले १ लाख ५ हजार र तिला लावर दमाईलाई ३ लाख ८०  हजार रकम दिईएको मधुमल्ला सेवा केन्द्रका कर्मचारी बिमला ढकालले बताउनु भयो ।  कार्यक्रमको सञ्चालन मधुमल्ला सेवा केन्द्रका कर्मचारी ओमनाथ राजवंसीले गर्नु भएको थियो ।