तारामान सिरेङको पुनर्जीवित संकल्पः उवासघ अध्यक्षका उम्मेदवार”
-
NayaNaya Khabar
- 809 दिन अगाडि
उर्लाबारी नगरपालिकामा तारामान सिरेङ केवल एक परिचित व्यवसायी मात्रै होइनन्, उनी एक समर्पित र प्रिय व्यक्तित्व पनि हुन् । व्यवसायीहरूको हितमा सधैं अग्रपंक्तिमा उभिएर काम गर्दै आएका सिरेङको जिवन यात्रा व्यापारबाट सुरु भएको थियो ।एक विशेष घटनाले उनको जीवनमा महत्वपूणर् परिवर्तन ल्यायो र दृढ संकल्पको साथ नयाँ दिशा तय गर्न प्रेरित गर्यो ।लक्ष्मी पूजाको रात सम्पूणर् उर्लाबारीमा लक्ष्मीको पूजा भइरहेको थियो । एक विनाशकारी आगलागीले उर्लाबारी-७ मा रहेको स्नेहा सुनचादी पसललाई आफ्नो चपेटामा लियो । आगलागीको घटनाले बजारमा होहल्ला मच्चायो र मानिसहरू घटनास्थलतिर दौडिन थाले ।नेपाल प्रहरी घटनास्थलमा उपस्थित थियो तर बारुण यन्त्रको अभाव थियो । यस अवस्थालाई बुझ्दै, सिरेङ पनि घटनास्थलमा पुगेर उनले आफ्नो सुरक्षाका बारेमा केही नसोची, आगो निभाउने प्रयासमा लागे ।तर, आगो नियन्त्रणमा ल्याउने क्रममा ग्यास विस्फोट भयो, जसले उनि सहित २८ जनालाई घाइते बनायो । विस्फोटबाट उनको अनुहार, घाटी, र हातमा गहिरो आगोले पोलेको चोट लाग्यो । उनको अवस्था अत्यन्त नाजुक थियो ।प्रारम्भिक उपचारका लागि उनी र अन्य घाइतेलाई विराटनगरको रेडप्लस अस्पताल, विराट मेडिकल कलेज र केहीलाई झापाको विएण्सी अस्पतालमा पठाइयो । थप उपचारको आवश्यकता देखिएपछि, नेपाली सेनाको जहाजमार्फत उनी काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा पठाइयो । जहा सिरेङ सगै उपचारत ५ जनाले मृत्यु वरण गरे ।सिरेङले २४ दिनको कठिन उपचारपछि मृत्युलाई पराजित गरे । अस्पतालको शैयामा रहदा उनले जीवनको पुनर्मूल्यांकन गरेपछि जीवनलाई केवल आफ्नो लागि मात्रै नभएर सम्पूणर् उर्लाबारीका साना, मझौला, र ठुला व्यवसायीहरूको हितमा समर्पित गर्ने अठोट गरे ।घर फर्किएपछि, उनले व्यावसायीहरूलाई आफ्नो संघर्ष र दुःखका बारेमा सुनाए। उनले भोगेका दुःख र संघर्षले व्यवसायीहरूलाई प्रभावित गर्यो, जसले उनलाई आगामी निर्वाचनमा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बन्न सल्लाह दिए ।सिरेङले उक्त सल्लाहलाई स्वीकार गर्दै, घाइते शरीरलाई थिग्राउँदै, उर्लाबारीको व्यापारलाई नयाँ उचाइमा पुर्याउने सोचका साथ उम्मेदवारी दिने निणर्य गरे।साना, मझौला र ठुला व्यावसायीहरूको हकहितका लागि काम गर्ने अभिलासा राखेर सिरेङले व्यावसायिक समुदायको सेवा गर्न आज, मृत्युको मुखबाट फर्केर उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनका सरल स्वभाव र प्रखर नेतृत्व क्षमताले उनलाई व्यवसायिक समुदायको सेवा गर्न तत्पर बनाएको छ । उनी व्यवसायीहरूको हकहितमा काम गर्न र संघलाई नयाँ उचाईमा पुर्याउन आशावादी छन् ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिकाद्वारा घाइते विद्युत् कर्मचारी देवी...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
मधुमल्लाबाट अन्तरिक्ष खोजको नयाँ यात्रा, दुईदिने प्रशिक...
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
मिक्लाजुङ गाउँपालिकाको नुनसरी रचना कलिदह सिचाइ आयोजना प...
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
Inventore cillulestiae voluptatibus aliqua Et