मिक्लाजुङ गाउँपालिकाद्वारा घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग
-
NayaNaya Khabar
- 46 दिन अगाडि
मिक्लाजुङ गाउँपालिकाद्वारा घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग
मधुमल्ला, मोरङ — मिक्लाजुङ गाउँपालिकाले सडक दुर्घटनामा गम्भीर घाइते भएका मोरङ, मिक्लाजुङ–७ निवासी विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई उपचारका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ।
बिहीबार गाउँपालिका अध्यक्ष बबिकुमार राई र मोरङ निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट गरी घटनाबारे जानकारी गराउँदै आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्। ३७ वर्षीय निरौला नेपाल विद्युत् प्राधिकरण, उर्लाबारी वितरण केन्द्रमा दैनिक ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए। कामकै सिलसिलामा भएको सडक दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका हुन्।
दुर्घटनापछि निरौलाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको छ। घटना भएको करिब ९–१० महिना बितिसक्दा पनि उनी निरन्तर उपचारमै रहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भइरहेको जनाउँदै गाउँपालिकाले आवश्यक कागजातसहित सहयोगका लागि पहल गरिदिन मन्त्रीलाई अनुरोध गरेको हो।
गाउँपालिका अध्यक्ष बबिकुमार राईले पीडित परिवारमा एक छोरा र एक छोरी मात्र रहेको उल्लेख गर्दै मानवीय आधारमा तत्काल राहत तथा उपचार सहयोग उपलब्ध गराउन जोड दिएका छन्। साथै उनले पीडितले पाउनुपर्ने उचित सुविधा उपलब्ध गराइदिन पनि आग्रह गरेका छन्।
गाउँपालिकाले यसअघि पनि सम्बन्धित निकायमा पहल गरिसकेको भए पनि हालसम्म कुनै ठोस सहयोग प्राप्त नभएको जनाउँदै पीडितको दयनीय अवस्था सुधारका लागि शीघ्र सहयोग उपलब्ध गराउन माग गरेको छ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले घाइते निरौलाको परिवारलाई यथाशीघ्र उपचार सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
-
-
-
-
-
मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
मिक्लाजुङमा साहित्यक जमघट
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...