मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
NayaNaya Khabar
- 1313 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ७ बाट भुमी हिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागी जग्गा धनी प्रमाण पुर्जा वितरण कार्य शुरु गरिएको छ । आइतबार मिक्लाजुङ गाउँपालिका मधुमल्ला पार्टी प्यालेसमा एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यमा निरौलाले मिक्लाजुङ गाउँपालिका वडा नं . ७ का बृद्ध खेमप्रसाद पोख्रेललाई पहिलो धनीपुर्जा हस्तान्तरण गर्नु भएको हो । जग्गा धनी प्रमाणपत्र प्राप्त गर्नेहरूमा नैन बहादुर खत्री, चन्द्रमणि दाहाल, रोहित कुमार राई, चन्द्र किरण दर्जी, याम बहादुर भट्टराई, छविलाल पोख्रेल, बद्री लाल आचार्य, खड्ग बहादुर राई, लक्ष्मी माया पोख्रेल, खेम प्रसाद थापा, ठाकुरा प्रसाद दाहाल, डिल्ली प्रसाद खतिवडा, टिका माया लिम्बू, इन्द्र मणि भण्डारी, सिता देवी घिमिरे, खोमनाथ खतिवडा, पुस्पकला राई, इन्द्र प्रसाद पोख्रेल, वल्ल काफ्ले, नारान प्रसाद गौतम, सुरेन्द्र कुमार दाहाल र भिमा खड्का सोडारिले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्नु भएकाे हो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष केशब निरौलाले भुमी सम्बन्धी समस्या जटिल भएपनि भूमि आयोग मोरङले मिक्लाजुङ गाउँपालिकालाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गर्न सफल भएको बताउनु भयो । साथै अन्य क्षेत्रको भन्दा मिक्लाजुङमा कम राजस्वमा पुर्जा वितरण गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
लामो समयको प्रतिक्क्षा पछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको स्थानीय इन्द्र प्रसाद पोख्रेलले बताउनु भयो ।
जग्गा धनीपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन कालक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य डिग बहादुर लिम्बुले यस क्षेत्रका सबैलाई जग्गा धनी बनाउन सक्नु पर्नेमा जोड दिनु भयो ।
मोरङ मिक्लाजुङ गाउँपालिकामा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यलाई यो अवस्था सम्म ल्याइ पुर्याउन पाउँदा खुसी लागेको मोरङ जिल्ला भूमि आयोग अध्यक्ष सुशीला घिमिरेले बताउनु भयो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण कार्य गर्न केही कठिनाइहरू भएको साथै ति समस्याहरूमा स्थानीय तहले सहजीकरण गरी राजस्व निर्धारण गर्न स्थानीय तहले पाएमा थप सहज हुने पालिका उपाध्यक्ष दिनेश पौडेलले बताउनु भयो । साथै पालिकामा पाँच हजार दुई सय ४१ वटा निश्शा दिनु पर्ने रहेको पौडेलले बताउनु भयो ।
जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रम राम्रो भएको र यसले समुदायमा प्रत्यक्ष फाइदा पुगेको वडा नं . ७ का वडाध्यक्ष सुनिलराज चौहानले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले भूमि सम्बन्धी कार्यलाई यो अवस्था सम्म ल्याइ पुर्याउन सहयोग पुर्याउने सबैलाई धन्यबाद ज्ञापन गर्दै भुमि सम्बन्धि कामलाइ अझ प्रभावकारी बनाइ धेरै मिक्लाजुङ बासिलाइ जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
-
-
-
-
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
कृषक लाई बिउ बिजन बितरण
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...