मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन सम्पन्न
-
NayaNaya Khabar
- 1003 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाको दोस्रो गाउँसभा तथा ११ औं अधिवेशन आ.ब. ०७९÷०८० को स्विकृत योजना तथा बजेट संसोधन रकमान्तर तथा स्रोतान्तर प्रस्ताव पास गर्दै सम्पन्न भएको छ । बुधबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले आ.ब. ०७९÷८० को स्विकृत योजना तथा बजेट संसोधन रकमान्तर तथा स्रोतान्तर प्रस्ताव गाउँसभा समक्ष पेश गुर्न भएको थियो ।
पेश भएको बजेट माथी गाउँ सभामा उठेका प्रश्नहरुको जवाफ र स्रोतान्तर गर्नु पर्ने अवस्थाका बारेमा उपाध्यक्ष पौडेलले प्रष्ट पार्नु भएको थियो । त्यस पस्शात सभाअध्यक्ष मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले संसोधन प्रस्ताब निर्णयार्थ सभामा पेश गर्नु भएको थियो । संसोधन प्रस्ताब उपर हुन्न भन्ने आवाज सभामा नसुनिएकाले सो प्रस्तब पारित भएको सभाध्यक्षले घोषणा साथै सभा समापन भएको घोषर्ण गर्नु भएको थियो ।
आर्थीक बर्ष ०७९÷०८० मा मिक्लाजुङ गाउँपालिकाले पुजीगत खर्चमा पाँच करोड १५ लाख २० बजार रकम सोधान्तर गरेको छ । सोही रकम बराबरको कार्यक्रम समेत थप गरेको छ । यस्तै चालु तर्फ एक करोड ५९ लाख २२ हाजार रकमान्तर गरीएको छ ।
मिक्लाजुङ गाउँपालिकाको यस आ.ब.को चैत्र मसान्त सम्म ४५.०३ प्रतिशत बजेट खर्च भएको छ । योजनाहरु सञ्चालनको अवस्थामा रहेको र भुक्तानी क्रममा रहेकाले पनि खर्च प्रतिशत कम भएको बताईएको छ ।
-
-
-
-
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
जि–११ द्धार जर्सी वितरण
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव