अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विषयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने
-
NayaNaya Khabar
- 982 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा नै पहिलो पटक यसै शैक्षिक शत्र बाट कक्षा ११ मा अङ्गे्रजी माध्यमबाट बिज्ञान र व्यवस्थापनका बिषयहरुमा पठन पाठन शुरु हुने भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवती माध्यमिक विद्यालयमा यस शैक्षिक सत्र बाट कक्षा ११ विज्ञान र व्यस्थापनमा पठन पाठन शुरु हुने विद्यालयका शिक्षक सुवाश कटुवालले बताउनु भयो ।
यस क्षेत्रका धेरै विद्याथीहरु कक्षा ११–१२ अध्ययनका लागि उर्लाबारी दमक र पथरी र सो भन्दा बाहिर समेत जाने गरेका र यसले यस क्षेत्रका अभिभवाकहरुको मागलाई ध्यानमा राखी मिक्लाजुङ गाउँपालिकाको सहयोगमा यस बर्ष बाट अंग्रेजी माध्यमबाट बिहानी सत्रमा विज्ञान र व्यवस्थापन बिषमा कक्षा ११ को पठनपाठन सुचारु गरीने विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताउनु भयो ।
कक्षा ११ को पठन पाठनका सुरवातका लागि दक्ष तथा अनुभवी शिक्षहरुको समेत व्यवस्थापन भइ सकेको र आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, र पुस्तकालय निर्माणको काम सञ्चालन भइरहेको प्रधानाध्यापक कोइरालले बताउनु भयो । यस बर्ष बाट शुरु हुने कक्षा ११ मा बिज्ञान÷ व्यस्थापन संकाय अध्ययन गर्ने विद्याथीहरुका लागी कम्प्युटर विज्ञान विषयको समेत पठन पाठन गराइने र त्यसका लागी समेत जन शक्ति व्यवस्थापन गरेको भगवती मा.वि. ले जनाएको छ ।
बिद्यालय सबै तरीकाले कक्षा ११ मा अंगे्रजी माध्यमबाट विज्ञान र व्यवस्थापन विषयको कक्षा सञ्चालन गर्न सम्पुर्ण तयारी पुरा भएको र अब एसइईको नतिजाको प्रतिक्षामा रहेको विद्यालयका विद्यालय व्यवस्थापान समिति अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेलले बताउनु भयो ।
आफ्नै ठाउँमा अंग्रजी माध्यम बाट विज्ञान र व्यवस्थापको कक्षा अध्ययन गर्ने अवसर विद्यालयले प्रदान गर्ने भए पछी पढनका लागी टाढा जानु पर्ने बाध्यताको अन्त्य हुने हालै एसइई परिक्षा दिएर बसेका विद्यार्थी भनाई छ ।
सबैका लागि शिक्षा र स्वास्थ्य सहज रुपमा पु¥याउने उदेश्य मिक्लाजुङ गाउँपालिकाको रहको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बवि कुमार राईले बताउनु भयो । साथै लामो समय देखी मिक्लाजुङमा विज्ञान र व्यवस्थापन तर्फ अंग्रेजी माध्यम बाट कक्षा सञ्चालन नहुदा धेरै विद्यार्थीहरु मिक्लाजुङ भन्दा बाहिर गएर अध्ययन गर्न बाध्य रहेको र सबैका लागी शिक्षा अपरिहार्य विषय भएकाले शिक्षालाई प्रथामीकतामा राखेर विज्ञान, अंगे्रजी माध्यममा व्यवस्थापनका बिषयको अध्यापन गराउने कार्यलाई यसै शैक्षिक सत्र बाट भगवती माविमा सञ्चालन गर्न मिक्लाजुङ गाउँपालिका सहयोग गर्ने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
-
-
-
-
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
Laboriosam facilis cumque fugiat saepe
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीम...
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...