गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
NayaNaya Khabar
- 1151 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा भित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (कोशेली) वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरु गरी ५३ जनालाई पौष्टिक आहार वितरण गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्णबहादुर कुवंरले बताउनु भयो ।
प्रत्येकलाई १ केजी घिउ, १ क्रेट अण्डा, आधा केजी मह र एक थान जुल वितरण गरिएको वडाध्यक्ष कुवंरले बताउनु भयो । वडा भित्र रहेका गर्भवती र बच्चाका आमाहरुलाई पौष्टिक आहारको कमी हुन नदीन र नवजात बालबालीकाहरुलाई कुपोषण हुन बाट बचाउन केहिमात्रामा सहयोग पु¥याउने पवित्र उदेश्यल गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरुलाई खाद्यय सामाग्री वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।
-
-
-
-
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
रिलायन्सका विद्यार्थी बंङ्गलादेश जाँदै
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...

