वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
NayaNaya Khabar
- 230 दिन अगाडि
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
मधुमल्ला/ नेपाल आदिवासी जनजाति महासंघ मिक्लाजुङ गाउँ समन्वय परिषदको आयोजनामा माघी पर्वको अवसर पारेर सञ्चालन गरिएको वडा स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल आज शुक्रबार सम्पन्न भएको छ।
फाइनल खेलमा मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र वडा नं. ८ बीच प्रतिस्पर्धा भएको थियो। निकै उत्साहपूर्ण खेलमा वडा नं. ७ ले वडा नं. ८ लाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो।
मिक्लाजुङमा विगत वर्षहरूझैँ यस वर्ष पनि माघी पर्वलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा गाउँपालिकाका ८ वटा वडाहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी सद्भाव र एकताको भावना मजबुत बनाएको आयोजकले समितिका अध्यक्ष महेन्द्र थेगिमले बताएका छन्।
प्रतियोगिताको समापनसँगै विजेता तथा उपविजेता टिमलाई पुरस्कार, ट्रफि तथा सम्मान प्रदान गरिएको थियो।
-
-
-
-
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
कर शिक्षा तालिम सञ्चालन हुने
-
At tates next 2