मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्रेल रेसको आयोजना गर्ने भएको छ
-
NayaNaya Khabar
- 73 दिन अगाडि

विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा ‘भोजपुर ट्रेल रेस’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष खेमराज राईले जानकारी दिएका छन्।
फाउण्डेशनका अध्यक्ष राईका अनुसार चैत्र १८ गते आयोजना हुने उक्त रेसमा २ वटा इभेन्ट हुने छ। यसको लागि मुख्य प्रतिस्पर्धा ५० किलोमिटर दुरीको ट्रेल रेस हुनेछ। यस प्रतिस्पर्धामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ।
उक्त रेसमा दुवै समूहतर्फका प्रथम, दोश्रो, तेश्रो, चौथो हुँदै सातौंसम्मका बिजेता धावक धाविकालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
सोही प्रतियोगितामा सहभागी हुने पहिलो दोस्रो र तेस्रो हुने भोजपुर जिल्लाका धावक, धाविकाहरुलाई छुट्टै पुरस्कार दिइनेछ। पहिलोलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार प्रदान गरिनेछ।
'भोजपुरका खेलाडीहरुको प्रोत्साहन र हौसलाका लागि हामीले छुट्टै पुरस्कार दिन लागेका हौँ। उक्त पुरस्कारका लागि भोजपुरकै हुनपर्नेछ', फाउण्डेसनका कोषाध्यक्ष नुतन राईले भने। यस संस्करणमा १० किलोमिटर रेसको पनि आयोजना हुने आयोजकले जनाएको छ।
१० किमि रेसमा सहभागी भई प्रथम, दोश्रो र तेश्रो हुने धावक धाविकालाई जनही क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
यस प्रतियोगितामा पनि पौवादुम्मा गाउँपालिकाका स्थानीय प्रथम, दोस्रो र तेस्रो हुनेलाई धावक धाविकालाई पनि हौषला स्वरुप क्रमशः नगद ३ हजार, २ र नगद १ हजार प्रदान गरिनेछ।
सोही ट्रेल रेसमा भेट्रान धावकहरुको पनि प्रतिस्पर्धा रहने छ। भेट्रान धावकको प्रोत्साहन स्वरुप पहिलो हुनेलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
भोजपुरको पौवादुम्मा गाउँपालिकाको सानोदुम्माबाट रेसको सुरुवात भएर बास्तिम, अखुवाखोला, पारपानी भोजपुर बजार, तिवारी भञ्ज्याङ हुँदै सानोदुम्मामै समापन हुने फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए। यो रेसमा सहभागीताको लागि फाउण्डेशनको आधिकारीक वेबसाइटबाट अनलाइनमार्फत पनि फारम भर्न सकिने आयोजकले बताएको छ।
भोजपुर ट्रेल रेसको समापन कार्यक्रममा चर्चित हास्यकलाकार उमेश राई ‘फुलन्देको आमा’ को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। भोजपुर ट्रेल रेसलाई निरन्तरता दिँदै पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय कलाकारहरुलाई पनि समावेश गरिएको फाउण्डेसनका सह-सचिव बिजेन्द्र हाङबाङ राईले जानकारी दिए।
-
-
-
-
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
दाउले हानेर काकाको हत्या
-
उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र...
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...