जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बुझ्दै जान थाले
-
NayaNaya Khabar
- 1143 दिन अगाडि
सानोमा स्वस्थानी ब्रत कथा पढ्न पाउँदा ठुलै अवसर पाए जस्तो लाग्थ्यो। घर परिवारको अगाडी आफुले नेपाली भाषा मज्जाले पढ्न सक्छु भनेर प्रस्तुत हुने एउटा मौका पनि थियो सायद। कथा पढिसकेपछि सरस्वति बन्दना पाठ गरेर प्रसाद पाउँदा मजा लाग्थ्यो। सामाजिक असमानताको बारेमा अनभिज्ञ म, त्यसबेला यो पुस्तकमा भएको कुरालाई विश्लेषण गर्न सक्ने क्षमता राख्दिन थिए।
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बुझ्दै जान थाले, मैले स्वस्थानी ब्रत कथाको अर्को पाटो देखे। त्यसपछि यो कथा पढ्दा झन्झन् दिक्क लाग्न थाल्यो। आजकल पढ्दिन, मन लाग्दैन।
मेरो बुझाई अनि बिचार अनुसार स्वस्थानी ब्रत कथाले सामाजिक तथा शक्तिको असमानतालाई जिउँदो राखेको छ। हामी अझै पनि - बालविवाह/ अनमेल विवाह, बलात्कार र यौन हिंसा, महिला विरुद्धहुने हिंसा, महिलाको निर्णय लिने क्षमताको अस्वीकार तथा अपहेलना, युद्धमा हुने हिंसा, पितृसत्ता , छोरालाई दिइने प्राथमिकतालाई बेवास्ता गरि वा भनौ 'यस्तै त हो नि !' भनेर कथा पढ्छौं।
कथा कसले लेख्यो होला, यसमा भएका गलत कुराहरु के हुन् , किन त्यस्तो भएको होला, आफ्नो वरिपरि यस्ता असमानता छन् वा छैनन्, यदि भएमा त्यस विरुद्ध के कस्ता पहल आवश्यक छन् ,आदि कुरामा आफ्नो परिवारमा छलफल नै गर्दैनौ।
विश्लेषण आवश्यक छ। छलफल आवश्यक छ। बुझाइ अनि सोच परिवर्तन आवश्यक छ।
परिवर्तन गर्न पहल चाहिन्छ। समयले
-
-
-
-
-
International
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त
-
हेल्लो नेता जी
-
रिलायन्सका विद्यार्थी बंङ्गलादेश जाँदै
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...