कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
NayaNaya Khabar
- 1179 दिन अगाडि
मधुमल्ला÷ मोरङका दुई वटा स्थानीयतहरु मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालीकाका कर्मचारीहरु बिच शुक्रबार मिक्लाजुङमा भएको मैत्रीपुर्ण खेलमा मिक्लाजुङ गाउँपालिका बिजयी भएको छ । शुक्रबार मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेतीको खेल मैदानमा भएकै मैत्रीपुर्ण खेलमा मिक्लाजुङले लेटाङलाई ३–१ अन्तरले हरायो । मिक्लाजुङका लागि सुनील माखीम, सागर राई र मिलन राईले एक एक गोल गर्नु भएको थियो । यस्तै लेटाङका लागी बल बाहदुर राईले एक गोल गर्नु भएको थियो । खेल निक्कै आक्रामक र प्रतिशपार्धात्मक रुपमा चलेको थियो । लेटाङ नगरपालिकाले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । शुक्रबार भएको मैत्रीपुर्ण खेलको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुुमार राईले खेलका एम्पायर सायल राईलाई बल दिएर गर्नु भएको थियो । स्थानीय तहका कर्मचारीहरु बिच हुने यस प्रकारका मैत्रीपुण खेलले एक आपसमा मित्रता र सदभाव विकास हुने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
मिक्लजुङमा दुई स्थानीय तहका कर्मचारीहरु बिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताले दुई स्थानीय तह बिचको आपसी भावनात्मक सम्बन्ध थप प्रगाड हुने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र लावतीले बताउनु भयो । साथै मिक्लाजुङको निमान्त्रणलाई स्विकार गर्दै मिक्लाजुङ गाउँपालिकमा लेटाङ नगरपालीकाका कर्मचारी टिम आएर मैत्रीपुर्ण खेल खेलीदिनु लेटाङ नगरपालीका परिवारलाई मिक्लाजुङ गाउँपालिकाको तर्फबाट लेखा अधिकृत शुशिल बास्तोलाले धन्यबाद ज्ञापान गर्नु भयो । मैत्रीपुर्ण खेलमा मिक्लाजुङ गाउँपालिका १, २, ४, ६,७ र ९ का वडाध्यक्षहरु, पर्वत राइ, बलबहादुर श्रेष्ठ, बिशाल राई, खडी मगर , शुशिलराज चौहान र शेमन्तराज दाहाल, मिकलाजुङ गाउँपालिकाका कर्मचारीहरु, लेटाङ नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
एक्लो मानिसको कथा
-
मिक्लाजुङमा साहित्यक जमघट
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी