कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
NayaNaya Khabar
- 39 दिन अगाडि

मधुमल्ला÷ मोरङका दुई वटा स्थानीयतहरु मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालीकाका कर्मचारीहरु बिच शुक्रबार मिक्लाजुङमा भएको मैत्रीपुर्ण खेलमा मिक्लाजुङ गाउँपालिका बिजयी भएको छ । शुक्रबार मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेतीको खेल मैदानमा भएकै मैत्रीपुर्ण खेलमा मिक्लाजुङले लेटाङलाई ३–१ अन्तरले हरायो । मिक्लाजुङका लागि सुनील माखीम, सागर राई र मिलन राईले एक एक गोल गर्नु भएको थियो । यस्तै लेटाङका लागी बल बाहदुर राईले एक गोल गर्नु भएको थियो । खेल निक्कै आक्रामक र प्रतिशपार्धात्मक रुपमा चलेको थियो । लेटाङ नगरपालिकाले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । शुक्रबार भएको मैत्रीपुर्ण खेलको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुुमार राईले खेलका एम्पायर सायल राईलाई बल दिएर गर्नु भएको थियो । स्थानीय तहका कर्मचारीहरु बिच हुने यस प्रकारका मैत्रीपुण खेलले एक आपसमा मित्रता र सदभाव विकास हुने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
मिक्लजुङमा दुई स्थानीय तहका कर्मचारीहरु बिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताले दुई स्थानीय तह बिचको आपसी भावनात्मक सम्बन्ध थप प्रगाड हुने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र लावतीले बताउनु भयो । साथै मिक्लाजुङको निमान्त्रणलाई स्विकार गर्दै मिक्लाजुङ गाउँपालिकमा लेटाङ नगरपालीकाका कर्मचारी टिम आएर मैत्रीपुर्ण खेल खेलीदिनु लेटाङ नगरपालीका परिवारलाई मिक्लाजुङ गाउँपालिकाको तर्फबाट लेखा अधिकृत शुशिल बास्तोलाले धन्यबाद ज्ञापान गर्नु भयो । मैत्रीपुर्ण खेलमा मिक्लाजुङ गाउँपालिका १, २, ४, ६,७ र ९ का वडाध्यक्षहरु, पर्वत राइ, बलबहादुर श्रेष्ठ, बिशाल राई, खडी मगर , शुशिलराज चौहान र शेमन्तराज दाहाल, मिकलाजुङ गाउँपालिकाका कर्मचारीहरु, लेटाङ नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र...
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा