पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन 

  • this is image NayaNaya Khabar
  • 439 दिन अगाडि

theme

मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकामा पशु व्यवसायिकरण मिसन अभियानको उद्घाटन गरिएको छ ।  मिक्लाजुङ गाउँपालिका वडा नंं. ८ मा कार्यालय रहेको तोरीबारी लघुउद्यमी कृषि सहकारी संस्थाको आयोजनामा थोपा थोपा दूध किसानको शान व्यवसायीक उद्यमी बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ बुधबार पशु व्यवसायिकरण मिसन अभियानको उद्घाटन गरिएको हो ।  
विशेषत पशुपालन  दूध उत्पादनमा केन्द्रित गरी तयार पारिएको कार्ययोजना पत्र पशु व्यवसायिकरण मिसन कार्यक्रमका संयोजक ठाकुर बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रम अन्र्तगत दुग्ध उत्पादनका लागि आहार व्यवस्थापन, पशु खरीद, पशु बीमा र पशु उपचार र उत्पादीत बस्तुको बजार व्यवस्थापन समेत सहकारीले गर्ने योजना प्रस्तुत गरिएको थियो । सोही कार्यक्रम अन्र्तगत दुई सय जना कृषकहरूलाई व्यवसायिक बनाउने लक्ष्यका साथ कृषकहरूको ३०–३० जनाको समुह बनाई ७ दिने तालीम सञ्चालन गरी कृषकहरूलाई व्यवसायी बन्न प्रेरित गर्ने लक्ष्य राखिएको कार्यक्रममा जानकारी दिइएको थियो ।  
पशु व्यवसायिकरण मिसन कार्यक्रमलाई सफल पार्न र दिगो रुपमा अगाडि बढाउनु मावा सुनसरी सामुदायिक वनले समेत घासं उत्पादनको क्षेत्रमा सहयोग गर्ने सा.व. अध्यक्ष जगत बस्नेतले बताउनु भायो । 
उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गापालीका वडा नंं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंरले मिक्लाजुङ गाउँपालिका वडा नं. ८ लाई कृषिमा व्यवसायिकरण गर्दै कृषकहरूको आय स्तर वृद्धिमा टेवा पु¥याने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रममालाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र भएको र यस क्षेत्रको कृषि उत्पादन वृद्धि गर्न पालीका निरन्तर लागि पर्ने बताउनु भयो । साथै सबै प्रकारका कृषी कार्यक्रमहरूलाई अगाडि बढाउन पालीकाले समन्वय गर्ने बताउनु भयो । मिक्लाजुङ गाउँपालिकामा कृषि सम्बन्धी प्राविधिकहरू समेत रहेकाले पालीका सँग समन्वय गरे कृषी लाई व्यवसायिकरण गर्न सुझाब दिनु भयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले यसै आर्थिक वर्षमा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ लाई कृर्षीमा पकेट क्षेत्रको रुपमा अगाडि बाउने गरी योजना गरिएको तर आर्थिक मन्दीका कारणले गर्दा बजेट कटौती भएर आएकाले समेट्न  नसकिएको बताउनु भयो । वडा नं. ८ लाई कृषि पकेट क्षेत्रको रुपमा अगाडि बढाउन मिक्लाजुङ गाउँपालिका निरन्तर लागी पर्ने र त्यसका लागि कृषि सम्बन्धी योजनाहरू तय गरी पालीका सँग समन्वय गर्न तोरीबारी लघुउद्यमी कृषि सहकारी संस्थालाई सुझाब दिनु भएको थियो  ।  
कार्यक्रममा व्यवस्थापन गदै अगाडि बढाउन मिक्लाजुङ गाउँपालिका, चुलाचुली गाउँपालिकाऽ सम्बन्धित वडा कार्यालयहरु र सरोकारवाल निकायहरू सँग सहकार्य र समन्वय गर्ने बताइएको छ । 
तोरीबारी लघुउद्यमी कृषि सहकारी संस्था मार्फत हाल दैनिक रुपमा एक हजार दुई सय लिटर दूध संकलन भइरहेको पाँच हजार लीटर सम्मको सम्भाव्यता अध्ययनले देखाएको संस्थाका अध्यक्ष रमेश बस्नेतले जानकारी दिनु भयो ।