उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल सेमिफाइनलमा
-
NayaNaya Khabar
- 71 दिन अगाडि

मधुमल्ला, इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ कुइनेटारमा माघी पर्व २०७९ को अवसर पारेर सञ्चालन गरिएको दोस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल बिजयी भएका छन ।
पहिलो खेलमा आयोजक चुलाचुली गाउँपालिका र बेलडाँगी झापा बिचको खेलमा चुलाचुली बिजयी भयो । दोश्रो खेलमा उर्लाबारी नगरपालिकाले शिव साताक्षी नगरपालिकालाई हराउँदै उर्लाबारी नगरपालिका बिजयी भयो । त्यस्तै तेस्रो खेलमा बेलबारी नगरपालिकाले मिक्लाजुङ गाउँपालिकालाई हराउँदै बेलबारी नगरपालिका बिजयी भयो । चौथो खेलमा कमल गाउँपालिका र मिक्लाजुङ गाउँपालिका पाँचथर बिचको खेलमा कमल गाउँपालिका झापा बिजयी भएको छ ।
माघ १ गते हुने पहिलो सेमिफाइनल खेल चुलाचुली गाउँपालिका र बेलबारी नगरपालिका त्यस्तै दोस्रो सेमिफाइनल खेल उर्लाबारी नगरपालिका र कमल गाउँपालिका बिच हुने दोस्रो उपाध्यक्ष कप भलीवल प्रतियोगिता सञ्चालन समितिका संयोजक डम्बर तुम्ब्रोक बताउनु भयो ।
आजको उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ साथै मिक्लाजुङ र चुलाचुली गाउँपालिकाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
International
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
समाजसेबामा अब्बल अजय अग्रबाल