शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता काठमाडौँ
-
NayaNaya Khabar
- 854 दिन अगाडि
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रवार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए ‘सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा पेस गरेसँगै नेपालको सिङ्गो शिक्षा क्षेत्र आन्दोलित भएको छ । उक्त विधेयकले शिक्षा क्षेत्रका विद्यमान समस्याहरूको समाधान गर्न नसकेको, शिक्षक एवं ट्रेड युनियन अधिकार लगायत विभिन्न मौलिक हकहरुलाई समेत कुण्ठित गर्ने गरी आएको भन्दै २०८० असोज ३ गते बुधवार देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डौं केन्द्रीत आन्दोलन भइरहेको विषयले नेपाल ट्रेड युनियन काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षा क्षेत्रलाई प्रोत्साहित, मर्यादित र व्यवस्थित गर्नुको सट्टा शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायतले उठाउँदै आएको मागलाई बेवास्ता गरी एकपक्षीय ढंगले विधेयक संसद्मा पेस हुन संविधान विपरीत भएको राईले बताए । डामाडोल शिक्षा क्षेत्र, शिक्षक एवं कर्मचारीहरूको वृत्ति विकासको बेवास्ता, पेसागत एवं ट्रेड युनियन अधिकारको कुण्ठित लगायत मौलिक हकलाई अङ्कुश लगाउने कार्यप्रति ट्रेड युनियनले विमति रहेको उनको भनाइ छ ।
संसदमा पेस गरिएको विद्यालय शिक्षा विधेयक, २०८० लाई तत्काल फिर्ता लिई आन्दोलनरत शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायत सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्शमा सहमति खोज्न ट्रेड युनियनले अनुरोध गरेको छ ।
-
-
-
-
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
हेल्लो नेता जी
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
करदाता शिक्षा तालिम सम्पन्न
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...