बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
NayaNaya Khabar
- 788 दिन अगाडि

किशाेर निराैला
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा बृहत निःशुल्क स्वस्थ्य शिबीर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बिराटनगर शुभ्मको आयोजना तथा बिराट नर्शिङ होमको प्राविधीक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिविर कार्यक्रममा महिला र पुरुष गरी ३५० जना बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको लायन्स क्लब अफ बिराटनगर सुभ्मकी अध्यक्ष कमला कडेलले बताउनु भयो ।
शिबिरमा ल्याब, भिडियो एक्सरे सहिति जनरल फीजिसीयन सेवा, बाल रोग बिशेशज्ञ सेवा, स्त्री रोग पाठेघर सम्बन्धी बिशेशज्ञ सेवा, आखा रोग बिशेषज्ञ सेवा सञ्चालन गरीएको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा बिशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिवीर कार्यक्रम लायन्स क्लब अफ बिराटनगर सुभ्मले सञ्चालन गरीदिएकोमा लायन्स क्लबलाई मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राईले धन्यवाद व्याक्त गर्नु भयो । सेवाको भावले स्थापीत लायन्स क्लबले मोरङ जिल्लाको दुर्गम क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा स्वास्थ्य शिवीर कार्यक्रम सभ्य र भव्य रुपमा सम्मन गर्न पाउँदा खुसी लागेको आयोजक संस्था लायन्स क्लब अफ बिराटनगर शुभ्मकी अध्यक्ष कडेलले बताउनु भयो । कार्यक्रममा बिरामीहरुलाई स्वास्थ्य परिक्षण गरी निःशुलक औषधी वितरण समेत गरीएको थियो ।
-
-
-
-
-
प्रिय मान्छे
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव