बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
NayaNaya Khabar
- 1196 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा बृहत निःशुल्क स्वस्थ्य शिबीर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बिराटनगर शुभ्मको आयोजना तथा बिराट नर्शिङ होमको प्राविधीक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिविर कार्यक्रममा महिला र पुरुष गरी ३५० जना बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको लायन्स क्लब अफ बिराटनगर सुभ्मकी अध्यक्ष कमला कडेलले बताउनु भयो ।
शिबिरमा ल्याब, भिडियो एक्सरे सहिति जनरल फीजिसीयन सेवा, बाल रोग बिशेशज्ञ सेवा, स्त्री रोग पाठेघर सम्बन्धी बिशेशज्ञ सेवा, आखा रोग बिशेषज्ञ सेवा सञ्चालन गरीएको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा बिशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिवीर कार्यक्रम लायन्स क्लब अफ बिराटनगर सुभ्मले सञ्चालन गरीदिएकोमा लायन्स क्लबलाई मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राईले धन्यवाद व्याक्त गर्नु भयो । सेवाको भावले स्थापीत लायन्स क्लबले मोरङ जिल्लाको दुर्गम क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा स्वास्थ्य शिवीर कार्यक्रम सभ्य र भव्य रुपमा सम्मन गर्न पाउँदा खुसी लागेको आयोजक संस्था लायन्स क्लब अफ बिराटनगर शुभ्मकी अध्यक्ष कडेलले बताउनु भयो । कार्यक्रममा बिरामीहरुलाई स्वास्थ्य परिक्षण गरी निःशुलक औषधी वितरण समेत गरीएको थियो ।
-
-
-
-
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
प्रिय मान्छे
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...

