बाटोमा भएका अवरोधहरु हटाइदै

  • this is image NayaNaya Khabar
  • 661 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नंं ८ ले वडा भित्र रहेका मुख्य तथा सहायक सडकमा भएका बाटाका अवरोधहरु हटाउन आइतबार बाट सुरु गरेको छ ।  आइतबार मावा तोरीबारी क्षेत्रबाट सडकमा भएका अवरोधहरु हटाउन थलीएको र वडा नं. ८ का सबै मुख्य र साहयक सडकहरुमा भएका अवरोधहरुलाई हटाएर सडकलाई फराकीलो बनाउन सहयोग गरिदिन मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंरले अपिल गर्नु भएको छ । यस अघि नै वडाले सार्बजनीक सुचना जारी गर्दै अवरोधहरु हटाउन सुचना गरेकोमा कतिपय स्थानमा नहटाईएकाले त्यस्तो अवरोध तत्काल हटाएर सहयोग गरीदिन वडाध्यक्ष कुवंरले वडाबासीहरुमा अनुरोध गर्नु भएको हो ।  बाटोमा अनावस्यक रुपमा घाँस तथा बोट बिरुवाहरु लगाउने, बाटोमा अनावस्यक रुपमा ढुङ्गा, गिट्टी र बालुवा स्टोर गर्ने गरेकाले यसले बाटो साँघुरो हुनुका साथै सडक दुर्घटना हुन सक्ने भएकाले बाटोमा भएको अवरोधहरुलाइ हटाउनु परेको कुवंरले बताउनु भयो ।