ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
NayaNaya Khabar
- 920 दिन अगाडि
एक घण्टाभन्दा लामो सम्बोधनमा एमाले अध्यक्ष ओलीले नेपालमा भुटानी शरणार्थी समस्यादेखि तेस्रो मुलुक पुनस्र्थापनाको प्रक्रियाबारे लामो व्याख्या गरे । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई फसाउन राज्यसत्ता लागेको ओलीको निष्कर्ष थियो । ‘अलिअलि केस बुझेको हुनाले सोझै पैसा बुझ्नेहरु छोड्ने, अनि टोपबहादुरलाई पक्राउ पूर्जी जारी गर्ने किन गर्यो होला ? मैले प्रश्न गर्या हो । किन यस्तो गर्यो होला ?’, ओलीले भने ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण छानबिनका क्रममा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले २० वैशाखमा रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर बिहीबार दिउँसोसम्म रायमाझी फरार छन् ।ओलीले बैठकमा रायमाझी हिजै (बुधबार) पक्राउ पर्ने सूचना पाएको बताएका छन् ।
‘हिजो हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ । त्यो कुरा चाहिँ पूरा भएन’, ओलीले थप भने, ‘हिजो हाजिर हुँदै हुनुहुन्छ भनेर सरकारी स्रोतबाटै बुझेको थिएँ । तर पछि किन हाजिर हुनुभएन, थाहा भएन ।’
एमालेले हिजो रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको केही समयभित्रै एमालेले रायमाझीलाई निलम्बन गरेको हो । निलम्बनको निर्णयपछि पनि रायमाझीका निकट मान्छेसँग कुरा भएको ओलीले बताए । ‘त्यो फैसला सुनिसकेपछि उहाँको निकटका मान्छेबाट (फोन नम्बर त मैले राख्दिनँ) कतैबाट मलाई फोन आयो । के गर्ने हो भनेर’, केन्द्रीय सदस्यहरुलाई ओलीले ब्रिफिङ गरे ।
जवाफमा आफूले प्रहरी समक्ष हाजिर हुन सुझाव दिएको उनले बताए । ‘पार्टीले फैसला गरेको सुनिहाल्नुभयो होला । हाम्रो नीति यस्तो छ भनेर बताइदिनुहोस् उहाँलाई । उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ’, ओलीले भने, ‘हाम्रो सुझाव यो छ र पार्टीको निर्देशन पनि त्यही छ । यो कुरा उहाँलाई सुनाइदिनुहोस् भनेर उहाँका निकटका भनिएका मान्छेहरुलाई भनेको थिएँ ।’
रायमाझीले पार्टीको निर्णय पालना नगर्नेबारे नसोचेको समेत एमाले अध्यक्ष ओलीले बताए । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुर बाहिर त्यसरी जानु हुन्छ’, बैठकमा ओलीले भने ।
त्यसअघि रायमाझीले सिंधै अदालतमा हाजिर हुने सन्देश पठाएको पनि ओलीले ब्रिफिङ गरेका छन् । ‘प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो । त्यसकारण अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभयो भनेर मैले सुनेँ’, ओलीले भने ।
-
-
-
-
-
प्लम्बिङ तालिम शुरु
-
विवादै विवादले घेरिएका चार्ल्स
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
Dito कम्पनी को लिच्चिजुस भित्र भेटियाे मरेकाे माकुरा