प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
NayaNaya Khabar
- 243 दिन अगाडि

मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा आइतबार बाट प्रयोगशाला सेवा शुभारम्भ साथै स्वास्थ्य शिबिर सम्पन्न भएको छ । प्रयोगशाला सेवाको सोमबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएकाले नागरीकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रयोगशाला सेवा संचालन गरीएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
प्रयोगसाला सेवा शुरुभए संगै मिक्लाजुङ गाउँपालिका वडा नं. १ का स्थानीय बासीहरुले अब रगत, दिसा र पीसाबको जाचको सेवा स्वास्थ्यचौकी बाट नै पाउने भएकाछन । मिक्लाजुङ गाउँपालिका वडा नं. १ मिक्लाजुङ गाउँपालिकाकै दुर्गम क्षेत्रको रुपमा पर्दछ । वडा नं. १ मा स्वास्थ्य चौकी भए पनी हाल सम्म प्रयोगशाला सेवा नहुदा स्थानीय बासीहरु स्वास्थ्य उपचारका सामान्य परिक्षणहरु गर्न पनी मधुमल्ला, उर्लाबारी र दमक सम्म पुग्नु पर्ने बाध्यता रहेको थियो । स्थानीय स्वास्थ्य संस्था बाट नै प्रायोशालको सेवा पाए पछी आफुहरुलाई स्वास्थ्य उपचारमा थप सजिलो भएको स्थानीय नरेन्द्र रसाइलीले बताउनु भयो ।
नागरीकहरुको स्वास्थ्य उपचारमा समय सापेक्ष रुपमा निरन्तर सेवाहरु विस्तार गर्दै नागरीहरुलाई सहज स्वास्थ्य सेवा पु¥याउन वडा कार्यालयको लक्ष्य रहेको वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो । सोही अवसरमा अरनिकाे हस्पिटल उर्लाबारीको प्राविधीक सहयोगमा स्वस्थ्य शिवीरको आयोजना गरीएको थियो । शिबिरमा ६५ जना स्थानीयहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरीएको थियो । शिबिरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गोदावारी हस्पिटल उर्लाबारीका डा. भुवन थापा, डा. प्रज्वल कोइराला र मधुमल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सरोज कुमार मण्डलले गर्नु भएको थियो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका लेखा शाखा प्रमुख शुशिल बास्तोला शिक्षा शाखा प्रमुख कांशिनाथ खनाल, स्वास्थ्यशाख प्रमुख चिन्तामणी पोख्रेलको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला