दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
- NayaNaya Khabar
- 814 दिन अगाडि
लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
चोरी मुद्दामा दुई वर्ष अगाडि फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँ बजारबाट पक्राउ गरेको हो । लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार–९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई २४ गते शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिवादी गुरुङ चोरी मुद्दामा दुई वर्ष फरार रहेका थिए । चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।
-
-
उर्लाबारीमा प्रहरीमाथी कुटपिट र सार्वजनिक सम्पति तोडफोड...
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
यात्रु सहायता कक्ष सन्चालन