निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
NayaNaya Khabar
- 1063 दिन अगाडि
मधुमल्ला ÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा मिक्लाजुङ गाउँपालिका कृषी शाखाको आयोजनामा सोमबार एक दिने माटो परिक्षण शिवर सम्पन्न भएको छ । माटो परिक्षणका लागी प्रविधीक सहयोग माटो तथा मल परिक्षण प्रयोग शाला झुम्का सुनसरीको सहयोगमा शिवीर सम्पन्न भएको हो । कृषीलाई माटोको बनौंटको आधारमा व्यवसायीक खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले माटो परिक्षण शिवीरको आयोजना गरीएको मिक्लाजुुङ गाउँपालिका कृर्षी शाखा प्रमुख मिना शेर्माले बताउनु भयो । माटो परिक्षणमा कृषकहरुले ल्याएको माटोको नमुनाका अधारमा नाइट्रोजन, फोसफरस, पोटास, अग्यानीक म्याटर , आर एच , टेक्सर छुट्याईको थियो । शिबिरमा ४६ जना कृषकहरुले ल्याएको माटो नमुना परिक्षण गरीएको मिक्लाजुङ गाउँपालिका कृषीशाखा प्रतिनिधी प्रकाश अधिकरीले बताउनु भयो । माटो परिक्षण शिविर सञ्चालन स्थलको निरिक्षण मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्भ बरालले गर्नु भएको थियो ।
-
-
-
-
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, ब...
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’