एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

  • this is image NayaNaya Khabar
  • 707 दिन अगाडि

theme

एसिया कप क्रिकेट क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको  प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।