प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पाँचवटा प्रदेशको सूचीमा समस्या
-
NayaNaya Khabar
- 1086 दिन अगाडि
निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते समपन्न् भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।
दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् ।
निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची भित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।
ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।
निर्वाचन आयोगका एक अधिकृतका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा समस्या नभए पनि प्रदेश सभातर्फ भने कतिपय दलको क्षेत्रगत -क्लष्टर) समस्या देखिएको छ । ‘प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमको सूचीमा समस्या छ । सबैभन्दा धेरै त्रुटि मधेशमा छ,’ ती अधिकृतले भने, त्यसलाई सुधारेर पेश गर्न पत्राचार गरिएको छ ।’
-
-
-
-
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
सुचना दीनेलाई पुरस्कार
-
जि–११ द्धार जर्सी वितरण
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, ब...