मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा गोष्ठी सम्पन्न
-
NayaNaya Khabar
- 158 दिन अगाडि
मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ को आयोजनामा दुईदिवसीय बाल अधिकार, हकहित तथा बालमैत्री वडा घोषणा सम्बन्धी अभिमुखीकरण गोष्ठी शनिबार सम्पन्न भएको छ। वडा कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष सुशीलराज चौहानले बालबालिकालाई निर्धक्क भएर आफ्ना समस्याहरू जनप्रतिनिधिसमक्ष राख्न आग्रह गर्नुभयो।
वडाध्यक्ष चौहानले वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको बताउँदै यसका लागि आवश्यक सूचकांकहरू पूरा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले अभिभावक, विद्यालय र सरोकारवाला निकायलाई बालमैत्री वडा घोषणाका लागि सहयोग गर्न आह्वान गर्नुभयो।
मिक्लाजुङ मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा प्रदिप बिष्ट, अधिवक्ता डम्बर थापा मगर, सञ्चारकर्मी मन नेम्वाङ र सन्तोषा गौतमले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू डुकमाया खत्री, चन्द्रबहादुर राई, भूमिप्रसाद कोइराला, पवित्रा खाती र वडा सचिव हरि प्रसाद कोइरालाले आ-आफ्ना विचार राख्नुभएको थियो।
वडाका पाँच विद्यालयबाट ३५ बालबालिकाको सहभागिता रहेको उक्त गोष्ठीले बालअधिकार र हकहितका विषयमा महत्वपूर्ण छलफल भएको सहभागीहरूले बताए। कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारबारे सचेत गराउन र उनीहरूमा थप ऊर्जा प्रदान गर्न सफल भएको उनीहरूको भनाइ छ।
यो गोष्ठीले बालमैत्री वडा घोषणाको आधार तयार गर्न र बालबालिकाको हकहित संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
-
-
-
-
यात्रु सहायता कक्ष सन्चालन
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...