पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना
-
NayaNaya Khabar
- 382 दिन अगाडि
दुई दशकयता मोरङका खोलानाला अन्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार भीम पौडेलले पथरी शनिश्चरे नगरपालिकामा ‘दादागिरी’ शैली अपनाएका छन्।पौडेलको ‘दादागिरी’ शैलीका कारण मोरङको पथरी शनिश्चरे वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्।पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला र पथरी शनिश्चरे-कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।पौडेलले करिब ३५० घर रहेको गाउँमा एसियन हाइवे निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माण जन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरेका छन्।तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा बगिरहेको छ।पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए।नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपरेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ।उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको पथरीका स्थानीय बताउँछन्।
विस्तारै कुरा बाहिरिएपछि जग्गादाताहरूसँग सम्पर्क गर्दा ‘मेरो जग्गा लिजमा दिँदा तँलाई सोध्नुपर्ने’ भन्दै उल्टै धम्क्याएका छन्।जग्गादातामध्ये सबै कट्वालको घर विराटनगरमा छ। जसमध्ये गंगा कट्वाल जिरिखिम्तीको घर भाडामा दिएर विराटनगर नै बस्छन्। ओविन कट्वाल पनि अधिकांश समय विराटनगर बस्छन् भने गणेश कट्वालका जेठा छोरा-बुहारी अमेरिका तथा कान्छा छोरा-बुहारी क्यानडा बस्छन्।सम्झौताको समय श्रीमतीसमेत अमेरिकामा रहेकी थिइन्। करिब १५ दिनको छुट्टीमा नेपाल आएका जेठा छोरा प्रदीप कट्वालले भिनाजु (दीपक बस्नेत)को लहैलहैमा कोहीसँग सल्लाह नै नगरी जग्गा दिएको भन्दै गुनासो गरेका थिए। मानव बस्तीमा अलकत्रा प्लान्ट राख्न नहुने भन्दै उनले आपत्ति जनाएका थिए।स्थानीयले माग्दा महिनौसम्म नपाएको सम्झौता प्रदीप कट्वाल आएर खोज्दा मात्र स्थानीयले हेर्न पाएका थिए।सम्झौताको पहिलो बुँदामा नै अलकत्रा प्लान्ट राख्ने उल्लेख गरिएको छ। गाउँतिर हल्ला चल्न थालेपछि स्थानीयले जग्गाधनीसँग बुझ्दा उक्त स्थानमा प्लान्ट राख्ने सहमति नभएको बताएका छन्। सहमति पत्रमा सडकमा काम गर्ने मजदुरलाई बासस्थान तथा स्वीमिङ पुल निर्माण गर्ने, सयौं कर्मचारी त्यही बस्ने गरेको हुँदा स्थानीयको व्यवसाय समेत चल्ने, गाउँको बाटो पिच गरिदिने लगायतका आश्वासन दिइएको थियो।आफ्नो जग्गामा कुखुराको खोर अथवा बाख्राको खोर बनाउँदा नै सँधियारको अनुमति चाहिने तर ठूला व्यापारीले सँधियारसँग स्वीकृति नलिँदा कानुन नै हैसियत अनुसार फरक-फरक देखिएको श्री डाँस-मोरङ्गी सामुदायिक वनका निवर्तमान अध्यक्ष तथा उक्त जग्गाका सँधियार मदन पोख्रेलले बताए।अर्का स्थानीय निवर्तमान वडासदस्य समेत रहेका अनोज घिमिरे भन्छन्, ‘एउटा शौचालय त व्यवस्थित गर्न नसक्नेले अस्पाल प्लान्ट व्यवस्थित तरिकाले राख्ने कुरामा आमिले विश्वास गर्नुपर्ने?’कहीँ कतैबाट न्यायको अनुभुति नभएपछि स्थानीय अहिले मिडियामा हारगुहार गर्न बाध्य छन्। पौडेल यस्ता व्यवसायी हुन्, उनी संलग्न अधिकांश ठेक्कापट्टा तथा व्यावसायिक साझेदारसँग विवादमा आउने गरेका छन्।यता पौडेलले भने आफूले बलमिच्याइँ नगरेको भन्दै स्थानीयलाई ‘मिलाइदिन’ अनुरोध गर्ने गरेका छन्। ‘स्थानीयलाई मैले दु:ख दिएको छैन, बरू स्थानीयलाई कन्भिन्स गरिदिनुस् न,’ उनले भने।अलकत्रा प्लान्ट राख्न वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने हुन्छ। पौडेलको अलकत्रा राख्ने बेदालय कन्स्ट्रक्सन कम्पनीले इआइए रिपोर्ट दिन आनाकानी गरिरहेको छ। ‘इआइए रिपोर्ट नै बनाएको छ छैन भन्नेमा शंका छ,’ अर्का एक स्थानीयले भने।यता पौडेलले भने आफूले बलमिच्याइँ नगरेको भन्दै स्थानीयलाई ‘मिलाइदिन’ अनुरोध गर्ने गरेका छन्। ‘स्थानीयलाई मैले दु:ख दिएको छैन, बरू स्थानीयलाई कन्भिन्स गरिदिनुस् न,’ उनले भने।अलकत्रा प्लान्ट राख्न वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने हुन्छ। पौडेलको अलकत्रा राख्ने बेदालय कन्स्ट्रक्सन कम्पनीले इआइए रिपोर्ट दिन आनाकानी गरिरहेको छ। ‘इआइए रिपोर्ट नै बनाएको छ छैन भन्नेमा शंका छ,’ अर्का एक स्थानीयले भने।पौडेललाई इटहरीका पुराना व्यावसायिक साझेदार बलराम आचार्यसँगको हरहिसाब अहिलेसम्म क्लियर नगरेको आरोप लागेको छ। पौडेल जता पुग्छन्, सेटिङमा खोलानाला उधिन्ने ठेक्का पाउने गरेका छन्। नेपाली कांग्रेसनिकट रहेका पौडेलले पार्टी तथा आर्थिक शक्ति भिडाएर राज्य निकायसँग मिलेमतोमा गैरकानुनी कार्यहरू गर्दै आएका छन्।
-
-
-
-
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि