कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमितताको प्रश्न उठेपछि संचालक समिती समपर्क विहिन

  • this is image NayaNaya Khabar
  • 469 दिन अगाडि

theme

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउपालिका-३ टाँडी स्थित धोवेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी सस्थामा भएको चोरीको घटनालाई लिएर सस्थाका शेयर सदस्यहरुले आपत्ती जनाएका छन् ।
मोरङको उर्लाबारीमा रहेको सुर्य बचत तथा ऋण सहकारी सस्था सग मर्जिङको तयारीमा रहेको महिला बचत तथा ऋण सहकारी सस्थाकी आर्थिक कारोबार गर्ने कर्मचारी मेनुका नेपाली (शिवा) सहकारीका संचालक समितीको मिलेमत्वमा सस्थामा चोरी भएको प्रपञ्च रचेर सस्थाभित्र भएको आर्थिक अनिमिततालाई ढाकछोप गर्न लागेको सस्थाकी शेयर सदस्य एवम पुर्व अध्यक्ष उषा राईले बताईन् । राई भन्छिन्-‘घटना हुनुमा दोहोरो हात रहेको छ शुक्ष्म रुपमा गहन अनुसन्धान हुनुपर्छ ।’
गत शुक्रबार राति सो सहकारी भवनको ताला फोडी भएको चोरीको घटनामा प्रारम्भिक चरणमा ३४ लाख रूपैयाँ चोरी भएको भन्दै सस्थाका प्रबन्धक प्रकाश खनालले प्रहरीलाई जानकारी गराएका थिए ।
खनालले प्रहरीलाई दिएको जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले आर्थिक कारोबार हेर्ने मेनुका नेपाली (शिवा) सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
सोधुपुछका क्रममा शिवाले सहकारीको सेफको चावी ‘सेफ’ भित्रै रहेको र ‘सेफ’ फोडर त्यहा रहेको ३४ लाख रुपैया चोरी भएको प्रारम्भिक बयान दिएता पनि शिवाको घर खानतलासी गर्दा सेफको चावी उनकै घरमा फेला परेपछि प्रहरीले अन्य लाई निगरानीमा राखेर शिवालाई हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धानका क्रममा सहकारीका तर्फबाट चोरी भएको ३ दिन पछि मात्र शिवाका नाममा प्रहरीमा परेको जाहेरीमा ३ लाख ५६ हजार रुपैया मात्र उल्लेख गराईपछि चोरीको घटना थप रहस्यमय बनेको भन्दै सहकारीका शेयर सदस्य मञ्जु पराजुलीले पनि घटनाको बारेमा शुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने माग राखेका छन् ।
पराजुली भन्छिन्-‘केही दिन अगाडी ऋण खानु पर्यो भनेर ऋण माग्दा अहिले पैसा छैन् पालो कुरेर बस्नु भनेका थिए अहिले यत्रो ठुलो रकम चोरी भएको सुन्दा अचम्म लागेको छ ।’
३४ लाख रुपैया चोरी भएको प्रहरीलाई जानकारी गराएपनि हिसाव किताव हेरेपछि मात्र किटानी जाहेरी दिने र सस्थाप्रति उठेका प्रश्नहरु अग्रजहरु बसेर सल्लाह गरेर जवाफ दिने बताएकी सस्थाकी अध्यक्ष मिना कार्कीलाई यो समाचार तयार पार्दा सम्म पटकपटक समपर्क गर्न खोजिएपनि उनि सम्पर्कमा आउन चाहिनन् ।
सहकारी सस्थाकी संचालक समिती मध्येकी एक सदस्यका अनुसार सहकारीमा हिसावकिताव पारदर्शी नहुने गरेको प्रमाण भेटिएपनि अध्यक्षले त्यस्ता कुराहरुलाई बेवस्था गर्ने गरेका कारण पनि सहकारी दुर्घटनमा पर्ने खतरा सो बेला देखी नै बढेर गएको संचालक समिती सदस्य अनिता श्रेष्ठ बताउछिन्।
विशेष स्रोतका अनुसार असोजमा सस्थाको आर्थिक कारोबारको साउन मसान्त सम्मको अडिट रिर्पोटमा २९ लाख भन्दा बढी रकम शिवाका नाममा नामे बरुजु आएको थियो । नामे बेरुजु आएपछि सो बापतको रकम तिर्न उनि तयार भएपछि उनलाई नामे बरुजुको रकम असुलउपर गर्ने निणर्य गरेर उनि माथी कुनै कार्वाही नै नगरी सस्थाले शिवालाई आर्थिक कारोबारमा निरन्तरता दिदै आएको भित्री कुरा समेत सहकारीेले सार्वजनिक गर्न अटेर गरेपछि कतै सहकारी सस्था नै शिवा ३ लाख ५६ हजारको चोरीको आरोप लगाएर सस्थाको आर्थिक अनिमितताको पाटोलाई बन्द गरी अर्को सहकारी सग मर्जिङमा जान लागेको त हैन भन्ने शङका उत्पन्न् भएको छ ।
अडिट रिर्पोटका आधारमा नामे बरुजुमा परेकी शिवालाई संचालक समितीले कुनै कार्वाही नै नगरी निरञ्तर रुपमा आर्थिक कारोबार गर्ने अधिकार दिनु, सहकारीमा भएको चोरीको घटनामा संचालक समितीले सस्थाभित्रको हिसाव कितावलाई सार्वजनिक गर्न आलटाल गर्नु, शिवामाथी लागेका आरोपहरुमा कानुनी बाटो नअपनाई संचालक समिती र कर्मचारीको रोहवरमा आन्तरिक म्याइनेटीङ गरेर उनैलाई आर्थिक कारोवारको जिम्मा दिनु, मर्जिङको तयारीमा रहेको सुर्य बचत तथा ऋण सहकारी सस्थाका अध्यक्षको सल्लाह विना सस्थाकी अध्यक्ष मिना कार्कीले आफ्नो सस्थाको बारेमा केही बोल्न नखोज्नुले पनि ९ सय भन्दा बढी सदस्यहरुले दुख गरेर सहकारीमा वचतका लागि राखेको सार्वजनिक सम्पत्तीको संरक्षणमा सहकारी संचालकहरु सदस्यहरु प्रति कति उत्तरदायि छन् भन्ने कुरालाई देखाएको छ