श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक चेम्जोङ
-
NayaNaya Khabar
- 1227 दिन अगाडि
किशाेर निराैला
मोरङ्को मिक्लाजुङ गाउँपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । गाउँ पालिकाकाे रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो ।
श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम असुल्ने गरेका थिए । श्रम स्वीकृति सरकारले स्थानीयतहमा नै गर्न मिल्ने गरी अनुमति दिएसँगै धेरै मानिसहरुलाई राहत हुने भएको छ ।
स्थानीयतहमा निशुल्क श्रम स्वीकृतिका लागि फारम भर्न थालेपछि काठमाण्डौ र विराटनगर जानु पर्ने बाध्यता हटेको मिक्लाजुङ गाउँपालिका रोजगार संयोजक क्षितिज चेम्जोङले जानकारी दिए । उनका अनुसार स्थानीयतहले श्रम स्वीकृतिका लागि फारम भरिदिने काम गर्ने छ । सेवाग्राहीहरुकै आइडी बनाएर फारम भरिदिने हो । उनले भने, यो व्यक्ति आफैले भर्न मिल्ने भएकाले फारम भर्न सिकाइदिने काम पनि गर्दै आएका छौ ।
श्रम स्वीकृतिकालागि अनलाइन फारम भर्नका लागि भिसा लागेको राजदाहनी, बैंंकको चेकबुक र पासपार्ट साइजको फोटो आवश्यक पर्ने संयोजक चेम्जोङले जानकारी दिए ।
फारम भरेपछि श्रम भएको कोड सम्बन्धित सेवा ग्राहीको मोबाइलमा पठाउँछ र केही समय पछि श्रम प्रमाण पत्र इमेलमा आउने गरेको छ। गाउँपालिकाले त्यसरी इमेलमा आएको प्रमाण पत्र प्रिन्ट गरेर दिने सम्मको काम गर्दै आएको मिक्लाजुङ गाउँपालिकाले जनाएको छ।
बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो ।
-
-
-
-
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
वडा नं. ७ सेमी फाइनलमा
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटि...
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ