मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी सम्बन्ध कायम, पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास
-
NayaNaya Khabar
- 445 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने टाउन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ।शनिबार खागोसीमा प्रान्तको तानेसीगामामा नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको पहलमा यी दुईबीच भगीनी सम्बन्ध कायम भएको हो।सो कार्यक्रममा जापानको तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा, मिनामिताने टाउनका मेयर हिरोयासु कोजोनो त्यस्तै, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा उपस्थित रहेका थिए।
त्यस्तै, नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य डाक्टर सुनिल शर्मा, जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदी, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राई, नेता चिरञ्जीवी थापा, व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रममा बोल्दै डा सुनिल शर्माले दुई पालिकाबीचको सम्बन्ध ऐतिहासीक रहेको बताए।कार्यक्रममा बोल्दै उनले भने, ‘यो सम्बन्ध नेपालको एउटा गाउँ जहाँ मानिसहरू खाना खान संघर्ष गरिरहेका छन् तर जापानको अर्को गाउँ जहाँ अन्तरिक्षमा रकेट पठाउने र अन्तरिक्षमा मानव बस्ती बसाउने परिकल्पना गरिरहेको छ त्यो सहरबीचको यो सम्बन्ध अत्यन्तै सुमधुर बन्नेछ ।’
उनले नेपाल र जापानबीचको सम्बन्ध धेरै पुरानो छ, त्यो सरकार सरकार मात्र हैन जनता जनताबीच उत्तीकै समुधुर रहेको बताउँदै यो सम्बन्धले त्यसलाई अझै पुष्टी गर्ने बताए ।
त्यस्तै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन , कृषि र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।
‘हामीलाई यहाँ यति धेरै सम्मान र माया दिनु भयो मिक्लाजुङबासी पनि मिनामितानेका टाउनका मेयर हिरोयासु कोजोनोलाई स्वागत गर्न आतुर छौँ,’ अध्यक्ष राईले भने।
त्यस्तै जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले दुई देशको सम्बन्ध निकै पुरानो रहेको र ती सम्बन्धहरू पालिका पालिकाबीच संसद संसदबीच व्यवसायीबीच र जनता जनताबीच पुर्याउन आफूले सक्दो पहल गरिरहेको र अझै त्यसलाई परिणाममा बदल्न थप मेहनत गर्ने बताए ।
सो कार्यक्रममा बोल्दै मिनामितानेका टाउनका मेयर हिरोयासु कोजोनो नेपालबाट यहाँसम्म आएर दुई देशको सम्बन्धलाई दुई पालिकाको सम्बन्धलाई जोड्ने अवसर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे।
मिक्लाजुङ गाउँपालिकासँग भगिनी सम्बन्ध कायम भएको जापानको तानेसीगामा स्पेस्टाउन जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?