श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक चेम्जोङ
-
NayaNaya Khabar
- 36 दिन अगाडि

किशाेर निराैला
मोरङ्को मिक्लाजुङ गाउँपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । गाउँ पालिकाकाे रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो ।
श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम असुल्ने गरेका थिए । श्रम स्वीकृति सरकारले स्थानीयतहमा नै गर्न मिल्ने गरी अनुमति दिएसँगै धेरै मानिसहरुलाई राहत हुने भएको छ ।
स्थानीयतहमा निशुल्क श्रम स्वीकृतिका लागि फारम भर्न थालेपछि काठमाण्डौ र विराटनगर जानु पर्ने बाध्यता हटेको मिक्लाजुङ गाउँपालिका रोजगार संयोजक क्षितिज चेम्जोङले जानकारी दिए । उनका अनुसार स्थानीयतहले श्रम स्वीकृतिका लागि फारम भरिदिने काम गर्ने छ । सेवाग्राहीहरुकै आइडी बनाएर फारम भरिदिने हो । उनले भने, यो व्यक्ति आफैले भर्न मिल्ने भएकाले फारम भर्न सिकाइदिने काम पनि गर्दै आएका छौ ।
श्रम स्वीकृतिकालागि अनलाइन फारम भर्नका लागि भिसा लागेको राजदाहनी, बैंंकको चेकबुक र पासपार्ट साइजको फोटो आवश्यक पर्ने संयोजक चेम्जोङले जानकारी दिए ।
फारम भरेपछि श्रम भएको कोड सम्बन्धित सेवा ग्राहीको मोबाइलमा पठाउँछ र केही समय पछि श्रम प्रमाण पत्र इमेलमा आउने गरेको छ। गाउँपालिकाले त्यसरी इमेलमा आएको प्रमाण पत्र प्रिन्ट गरेर दिने सम्मको काम गर्दै आएको मिक्लाजुङ गाउँपालिकाले जनाएको छ।
बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो ।
-
-
-
-
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
दाउले हानेर काकाको हत्या
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
Culpa proident quia reprehenderit sed quis qui distinct...