मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 915 दिन अगाडि
किशाेर निराैला
असोज ६, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको व्यवस्थापन र पेन प्लस किओचको आयोजनामा सञ्चालित मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको एम. डि. जिपी. डा. अनुपम घिमिरेले बताउनु भयोे । स्वास्थ्य शिविरमा बिरामीहरुको इसिजी र इको निःशुल्क परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो । बिरामीहरुको इको परीक्षण कार्डीयोलोजिष्ट डा. दिपेन्द्र सिंहले गर्नु भएको थियो ।
स्वास्थ्य शिविरमा बिरामीहरुको परीक्षण डा. रोशिका बुढाथोेकी, डा. रेवीका पोख्रेल, डा. सुजा पण्डीत लगायत स्वास्थ्यकर्मीहरुको टिमले गरेको थियो ।
निःशुल्क रुपमा इसीजी, इको परीक्षण सहित आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीय रुद्र भण्डारीले बताउनु भयो ।
निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले डा. भगवान कोइरालाको सहयोगमा मिक्लाजुङ गाउँपालिका र मधुमल्ला अस्पतालको समन्वयमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अवसर प्राप्त भएको बताउनु भयो । साथै मिक्लाजुङ गाउँपालिकाले सञ्चालन गरेको मुधमल्ला अस्पताल मिक्लाजुङ बासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका स्वस्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नंं. ९ का वडाध्यक्ष सेमन्तराज दाहालले स्वास्थ्य शिविरको आवश्यकता र उपयोगिताका बारे मन्तव्य राख्नु भएको थियो ।
-
-
-
-
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
हेल्लो नेता जी
-
प्लम्बिङ तालिम शुरु
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
एक्लो मानिसको कथा
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...