मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 785 दिन अगाडि
किशाेर निराैला
असोज ६, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको व्यवस्थापन र पेन प्लस किओचको आयोजनामा सञ्चालित मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको एम. डि. जिपी. डा. अनुपम घिमिरेले बताउनु भयोे । स्वास्थ्य शिविरमा बिरामीहरुको इसिजी र इको निःशुल्क परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो । बिरामीहरुको इको परीक्षण कार्डीयोलोजिष्ट डा. दिपेन्द्र सिंहले गर्नु भएको थियो ।
स्वास्थ्य शिविरमा बिरामीहरुको परीक्षण डा. रोशिका बुढाथोेकी, डा. रेवीका पोख्रेल, डा. सुजा पण्डीत लगायत स्वास्थ्यकर्मीहरुको टिमले गरेको थियो ।
निःशुल्क रुपमा इसीजी, इको परीक्षण सहित आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीय रुद्र भण्डारीले बताउनु भयो ।
निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले डा. भगवान कोइरालाको सहयोगमा मिक्लाजुङ गाउँपालिका र मधुमल्ला अस्पतालको समन्वयमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अवसर प्राप्त भएको बताउनु भयो । साथै मिक्लाजुङ गाउँपालिकाले सञ्चालन गरेको मुधमल्ला अस्पताल मिक्लाजुङ बासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका स्वस्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नंं. ९ का वडाध्यक्ष सेमन्तराज दाहालले स्वास्थ्य शिविरको आवश्यकता र उपयोगिताका बारे मन्तव्य राख्नु भएको थियो ।
-
-
-
-
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
प्रिय मान्छे
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
At tates next 2